बेलायतका लागि नेपाली राजदूत घिमिरेलाई नेफिन यूकेद्वारा स्वागत

SHARE:

लन्डन २ मार्च २०२५ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) ले बेलायतका लागी नेपाली नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत गरेका छन् ।

अल्डरसटस्थित दि लाउन्ज रेस्टुरेन्टमा १ मार्च २०२५ मा आयोजना गरिएको राजदूतको स्वागत तथा परिचयात्मक कार्यक्रममा अध्यक्ष मेजर रिटार्यड योगेशकुमार कोयी राईले खादा र बुकीसहित राजदूत घिमिरेलाई स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा अध्यक्ष राईले राजदूतको कार्यलय सचिब सन्देश आचार्यलाई पनी स्वागत गरेका छन।

कार्यक्रम राजदूत घिमिरे र अध्यक्ष मेजर राईले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

स्वागत तथा कार्यक्रम प्रारम्भ मन्तव्य अध्यक्ष मेजर रिटार्यड राईले राखेका थिए । कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार जंग सुनुवार,तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ,किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु, सुनुवार समाज बेलायतका अध्यक्ष आकाश सुनुवारलगायतले राजदूत घिमिरेलाई बेलायतमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

सोही कार्यक्रममा तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङलाई महासंघको तर्फबाट अध्यक्ष मेजर राईले खादासहित सम्मान, बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । यस्तै फस्ट गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका पूर्वअध्यक्ष तथा सल्लाहकार जंग सुनुवार, सल्लाहकार एवं बुद्धिजीवी गीतकार एकेन्द्र गुरुङ, सल्लाहकार तथा एनआरएनए यूकेकी पूर्वउपाध्यक्ष, एनआरएनए आईसीसी सदस्य सुशीला राई, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ,मगर संघ बेलायतका महासचिव गुमानसिङ थापा, नेफिन यूकेकी सल्लाहकार तथा जीआरएनसी यूकेकी अध्यक्ष लिला सेलिङ माबो, सल्लाहकार तथा फोनिज यूकेकी पूर्वअध्यक्ष गोमा रानामगर, किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु, सुनुवार समाज बेलायतका अध्यक्ष आकाश सुनुवार, फस्ट गोर्खा आमा समूहकी अध्यक्ष सेतीमाया गुरुङ, एसियन महिला एसोसिएसन (आमा) अध्यक्ष कल्पना गुरुङ, महासंघमा आबद्ध जातीय संगठनका अध्यक्ष तथा प्रतिनिधि लगायतको बाक्लो उपस्थिति थियो ।

अध्यक्ष राईले अध्यक्षता गरेको कार्यक्रमलाई संस्थाका महासचिव फ्रम बहादुर दुराले संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!