लमही । दाङको टरिगाउँ विमानस्थलको सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए ।
बिहान ११:३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण गरेको थियो । तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ ।
लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सञ्चालन हुन सकेको थिएन ।






