एनआरएनए यूकेको निर्वाचन तालिका सार्वजनिक,१९ मार्चमा उम्मेदवारी दर्ता

SHARE:


लन्डन ३ मार्च २०२५ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) यूकेको यही मार्च २३ मा हुने एकता अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले अल्डरसटस्थित एक रेस्टुरेन्टमा आइतबार २ मार्च २०२५ मा पत्रकार सम्मेलन गरी अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार सदस्य बन्ने अन्तिम समयसीमा १५ मार्च मध्यरातसम्म तोकिएको छ । मतदाता नामावली प्रकाशन १६ मार्च अपराह्न ५ बजे हुनेछ भने सदस्यतामाथि दावी/विरोधका लागि १७ मार्च ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

त्यस्तै, उम्मेदवारी दर्ता १९ मार्च ५ बजेसम्म तथा उम्मेदवारीउपर दावी/विरोधको समयसीमा २० मार्च दिउँसो एक बजेसम्म राखिएको छ । उम्मेदवारी फिर्ताका लागि २० मार्च दिउँसो ३ बजेसम्म र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन २० मार्च साँझ ७ बजेको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

२१ मार्च दिउँसो उम्मेदवारहरुका प्रतिबद्धता सार्वजनिक गरिने र २३ मार्चका दिन निर्वाचन, नतिजा घोषणा र शपथ हुने समितिले जनाएको छ ।

अधिवेशनले ३६ सदस्यीय एनआरएनए एनसीसी गठन गर्नेछ । अध्यक्ष र आईसीसी पदको उम्मेदवारी दिन १ हजार पाउण्ड, उपाध्यक्ष र महासचिव उम्मेदवारका लागि ५०० पाउण्ड, सचिव, महिला सचिव र कोषाध्यक्ष पदका लागि ३०० पाउण्ड, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक उम्मेदवारले २०० पाउण्ड एवं १८ सदस्यहरुले उम्मेदवारी शुल्क १०० पाउण्ड निर्धारण गरिएको छ । भौतिक रुपमा उपस्थित भएर उम्मेदवारी र मतदान दिनुपर्ने समितिले जनाएको छ ।

निर्वाचन समितिको संयोजकमा डा. भिम पुन,सदस्यसचिव विश्वासदीप तिगेला, सदस्यहरुमा राजकुमार त्रिपाठी र टेकबहादुर थापा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!