एनआरएनए यूके पूर्वउपाध्यक्ष ५३ वर्षीय मोहन कार्कीको निधन

SHARE:

लन्डन ३ मार्च २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष ५३ वर्षीय मोहन कार्कीको निधन भएको छ ।

केही समयदेखि फोक्सोको समस्याबाट पीडित कार्कीको सोमबार स्कटल्यान्डस्थित आफ्नै निवासमा मृत्यु भएको एनआरएनए यूकेले जनाएको छ । झापामा २९/१०/१९७२ मा जन्मिएका कार्कीको घर काठमाडौंमा कालिमाटी हो ।

कार्की एनआरएनए यूकेको दुई कार्यकाल उपाध्यक्ष (२०१९–२१, २०२१–२३), एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्ष (२०१७–१९) रहेका थिए ।

उनी फोर्थ भ्याली नेपाली एशोसिएसनका अध्यक्ष, दुई कार्यकाल ग्लास्गो नेपाली एशोसिएसनको अध्यक्षसमेत बनेका थिए ।

एनआरएनए यूकेको नेपाली नागरिकता निरन्तर अभियानको संयोजकसमेत बनेका थिए कार्की । आपतविपत पर्दा कर्मभूमि बेलायत र जन्मभूमि नेपालमा अग्रणी रुपमा लागिपर्ने स्वभावका रहेको एनआरएन अभियन्ताहरु स्मरण गर्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!