मगर संघ युके केन्ट शाखाको पहिलो त्रैमासिक बैठक सम्पन्न, ज्ञानेन्द्र पुनमगरलाई अभिनन्दन

SHARE:

लन्डन १ मार्च २०२५ । मगर संघ युके केन्ट शाखाको पहिलो त्रैमासिक बैठक सम्पन्न भएको छ ।

हार्भे ग्रामर स्कुल फोल्क्सटोनको हलमा शनिबार आयोजित बैठकमा संस्थाले गरिने भावी कार्यक्रमको बारेमा तयारी गर्नेबारे चर्चा परिचर्चा गरिनुका साथै कसरी सफल गर्न सकिन्छ भनेर सुझाव, सल्लाह आदनप्रदान भएको मगर संघ युके केन्ट शाखाका अध्यक्ष रिटाएर्ड मेजर प्रेमबहादुर आले एमभिओले जानकारी दिए ।

कार्यक्रममा मगर संघ युके केन्ट शाखाले नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरलाई अभिनन्दन गरेको थियो ।

सचिव बिनम रानाले सन्चालन गरेको बैठकमा नेपाल मगर संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष ज्ञानेन्द्र पुनमगर र मगर संघ युके केन्द्रीय समितिका अध्यक्ष सिता पुन मगरको पनि उपस्थिति रहेको थियो । केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र मगर संघ युकेले आयोजना गरेको ४३ औं मगर एकता दिवसका लागि यूके आएका हुन् ।

सोही मौकामा अध्यक्ष ज्ञानेन्द्र पुनले नेपालमा बन्न लागेको लखन संग्रालय निर्माण सहयोगको निम्ति जानकारी दिँदै छोटो छलफल अन्तरक्रिया चलाएका थिए ।

गत जनवारीमा आयोजित माघे सङ्क्रान्ति कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार तथा अभिभावकहरुबीच भेटघाट साथै अभिनन्दन गरिने हेतुले आयोजित त्रैमासिक बैठकमा कलाकार, अभिभावक, संस्थाका सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम हुनु अगावै केन्टुबरी र केन्ट समूहबीच मैत्रीपूर्ण बास्केटबल खेल भएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्णले खानपिन र नाचगान गरेर मनोरन्जन गर्दै अर्को कर्यक्रममा भेट्ने वाचासहित छुटेका थिए ।

तस्बिर साभार : मनबहादुर थापा

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!