लन्डन ६ मार्च २०२५ । परोपकारी संस्था मन्जुश्री बालबालिका संरक्षण केन्द्र बौद्ध काठमाडौँलाई माइला-कान्छा अभियान बेलायतले ८५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
नेपाल भ्रमणमा रहेकी पार्वती गुरुङले (माइला) अभियान र विभिन्न व्यक्तिबाट संकलिन रकम बुधबार ५ मार्चमा संस्थामै पुगी संचालक माया (दोर्जी डोल्मा) गुरुङलाई हस्तान्तरण गरेकी हुन् । लामा समयदेखि समाजसेवामा संलग्न दोर्जी डोल्मा सोपाल समाकी चेली हुन् ।
दाताहरू
- धन र ममता गुरुङ (ग्रीनविच यूके) – १०५ पाउन्ड
- माइला-कान्छा अभियान बेलायत-१५० पाउन्ड
- लुम्बिनी बुटिक यूके -५० पाउन्ड
- ब्रास्सा बार एन्ड ग्रील-४० पाउन्ड
- हरि र शान्ति गुरुङ यूके-५ हजार रुपैयाँ
- इन्द्रकाजी, सलिना एन्ड एभरेस्ट गुरुङ हङकङ – ५ हजार रुपैयाँ
- राजु र हिमाली गुरुङ यूके – ५ हजार
- तमु धीं यूकेमा सक्रिय आमाबाट – ५ हजार
- सन्जय र सेन्डी गुरूङबाट – ३० पाउन्ड
ती व्यक्ति तथा संस्थाबाट संकलित जम्मा ८३ हजार भएकोमा फेरि माइला-कान्छा अभियानले २ हजार थप गरी ८५ हजार रुपैयाँ हस्तान्तरण गरेको अभियन्ता पार्वतीले प्रस्ट पारिन् । पार्वतीले अभियानकै तर्फबाट सबै दाताहरुलाई धन्यवाद दिएकी छन् ।
‘धन्यवाद सम्पूर्ण मनकारी दाताहरुलाई । दिन पुगोस्, खाना पुगोस् । सधैं भगवानको क्रिपा रहोस् । हजुहरुको परिवारमा सुख, शान्ति छाइरहोस्,’ पार्वतीले फेसबुकमा लेखेकी छन् । माइला-कान्छा अभियान बेलायतमा पार्वती र माया गुरुङ छिन् । तमु समाज यूके आमा पूर्वअध्यक्षसमेत रहेकी अभियानकी कान्छा माया गुरुङ यस पटक सँगै आउन नपाएकोले सहयोग हस्तान्तरण पार्वतीले गरेकी हुन् ।
उनीहरुले अभियानकै रुपमा नेपालमा दिनदुखी, शिक्षा, स्वास्थ्य, प्रकोपपीडितलगायत विविध क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका छन् ।






