- जय तामाङ
लन्डन ९ मार्च २०२५ । बेलायतको सुइन्डनमा नेपाली व्यवसायीले म:म किङ्ग रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
सुइन्डन ओल्ड टाउनको डिभाइजेज रोडमा सञ्चालनमा ल्याइएको उक्त रेस्टुरेन्ट यही शनिबार ८ मार्च २०२५ मा यातायातमन्त्री हैन्डी अलेक्जन्डर र सुइण्डन बरो काउन्सिलका मेयर इमितियाज सेखले रिवन काटेर उद्घाटन गरेका छन् । अक्सफोर्डको ग्लास्टर ग्रीन ओपन मार्केटबाट सुरु गरेको म:म किङ्ग रेस्टुरेन्ट अबको केही समयमा नै अरु सहरहरुमा पनि खोल्ने लक्ष्य रहेको म:म किङ्गका सञ्चालक सुशील पौडेलले जानकारी दिए ।
३५ थरिका स्वाद भएको म:म बनाउने नेपाली रेस्टुरेन्टले उद्घाटनको समयमा विभिन्न परिकारको खानाहरु आमन्त्रित पाहुनाहरुको लागि तयार गरेको थियो । २० भन्दा बढी नेपाली कामदारहरुलाई रोजगारी दिँदै आएको म:म किङ्गमा अबदेखि गेस्टहरुको मनोरन्जनका लागि केही नेपाली र अंग्रेजी गीतहरु स्थानीय नेपाली कलाकारहरुद्वारा प्रत्यक्षरुपमा प्रस्तूत गरिने पनि रेस्टुरेन्ट मालिक पौडेलले बताए ।
उद्घाटन समाहरोमा नेपाली समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङ र समाजका अरु कार्यसमितिका पदाधिकारीलगायत पूर्वअध्यक्ष धन बुढाथोकी, राजन क्षेत्री, विभिन्न संघ सस्थाको पदाधिकारीहरु, सञ्चारकर्मीलगायतको पनि उपस्थिति रहेको थियो ।







