नेपाली समाज विल्शायर स्विण्डनले मनायो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस

SHARE:

जय तामाङ
लन्डन १० मार्च २०२५ । नेपाली समाज विल्शायर स्विण्डनले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

यही मार्च ७ तारिख शुक्रबार सुइण्डनस्थित काउन्सिलको चेम्बर हलभित्र भव्य रुपमा विभिन्न कार्यक्रमसहित महिला दिवस मनाइएको हो । सेक्रेटरी अफ स्टेट फोर ट्रान्सपोर्ट अर्थात् यातायातमन्त्री हैन्डी अलेक्जनडरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरु स्विण्डन बरो काउन्सिलका मेयर इमितियज सेख, उपमेयर फे हवार्ड, काउन्सिल लिडर जिम रबिन्स, काउन्सिल डेपुटी लिडर अफ स्विण्डनकी एममा बुशेलसहित अन्य काउन्सिलरहरुका पनि उपस्थिति रहेका थिए ।

नेपाली समाज विल्टशायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङ, उपमेयर फे हवार्ड र नेपाली समाज वेल्ट्शायरका संस्थापक अधक्ष रिटायर्ड मेजर सन्त पुनले दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए।

नेपाली समाजका सल्लाहकारहरु र समाजका विभिन्न पदाधिकारीहरुलाई समाजप्रति गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

यमुना थापाले संचालन गरेको कार्यक्रमा आधुनिक समाजमा महिलाहरुले गरिरहेको संघर्ष र समाजमा दिएको योगदानप्रति ध्यानाकर्षण गराउँदै मन्त्री अलेक्जनडर, मेयर सेख,उपमेयर हवार्ड, काउन्सिलर जिम रबिन्स एममा बुशेल, क्याप्टेन दिनाकार मल्ल र बबिता कुँवरले आ-आफ्नो मन्तव्य दिएका थिए ।

बबिता कुँवर, लता राना, बिमल गुरुङ, मुना गुरुङले दमदार नृत्य प्रस्तुत गरेका थिए । विभिन्न प्रकारका खानपिनको व्यवस्था नेपाली समाजले गरेको थियो भने कार्यक्रमको प्रायोजन टिक्काटिक्का, भिण्डिज , यति होम , पीपल मोर्गेज र पिअर्स फ्यनरल सर्भिसले गरेका आयोजकले जनाएको छ ।

अन्तमा नेपाली समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!