सरस्वती थापा मगर – बेलायत।
मगर महिला संघ युके स्विन्डन शाखाको छैठौं अधिवेशन तथा साधारण सभा मिती १६ मार्च २०२५ का दिन बेलायतको स्विन्डनस्थित बकर्हस कम्युनिटी हलमा सम्पन्न भएको छ।
छैटौं अधिवेशनद्वारा नयाँ कार्यसमितिको अध्यक्षमा सरस्वती थापा मगर निर्बिरोध निर्वाचित भएको छन भने बरिष्ठ उपाध्यक्षमा देबिना थापा मगर, उपाध्यक्षमा बलिसरा थापा मगर, सचिबमा रोना थापा मगर, सहसचिबमा मालती थापा मगर, कोषाध्यक्षमा फुलमाया दर्लामी मगर, सहकोषाध्यक्षमा कबिता घर्ति मगर, मिडिया सचिबमा रुपा थापा मगर, सांस्कृतिक सचिबमा काजोल थापा मगर र सदस्यहरुमा ज्ञानु थापा मगर, बिनिता मगर, सुरक्षा थापा मगर, सुजल थापा मगर, राम कुमारी मगर, बिजेस्वर शाक्य थापा मगर, अमुना आले मगर, अन्जा राना मगर, निशा बुढा थापा मगर, सुकमाया बुढा थापा मगर, सोनाम गर्बुजा मगर, हेमा श्रीस मगर र रोजी तिलिजा मगर निर्बिरोध निर्वाचित भएका छन्।
अधिवेशनको पहिलो चरणमा पाँचौं कार्यसमितिका अध्यक्ष माया थापा मगरको अध्यक्षतामा औपचारिक कार्यक्रम संचालन भएको थियो। मगर महिला संघ स्विन्डन शाखाको पाचौ कार्यकालको संगठानिक प्रतिवेदन सचिव देबिना थापा मगरले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कलावति गलामि मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै प्रातिवेदन सर्वसम्मतद्वारा पारित भएको छ।
पहिलो चरणको कार्यक्रम अध्यक्ष माया थापा मगरको मन्तब्य साथै पाचौ कार्यसमिति बिघटन भएको घोषाणा गर्दै शुन्य समयको अध्यक्ष मन्डलका अध्यक्ष टीका पुन मगर, सचिव मनु पाईजा मगर र सदस्य बिष्णु थापा मगरलाई हस्तान्तरण गरेका थिए ।
दोस्रो चरणको कार्यक्रम निर्वाचन समितिका प्रमुख ,संस्थापक अध्यक्ष बिष्णु श्रीस मगर, सचिव गंगा थापा मगर र सदस्य नन्द पुन मगरलाई अध्यक्ष मन्डलले हस्तान्तरण गरेका थिए।
निर्वाचन मण्डलका प्रमुख तथा मगर महिला संघ युकेका अध्यक्ष बिष्णु श्रीस मगरले सरस्वती थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गर्दै सम्पूर्ण नवनिर्वाचित कार्यसमितिहरुलाई सपथ ग्रहण गराएका थिए।
नवनिर्वाचित अध्यक्ष सरस्वती थापा मगरले अप्फ्नो छोटो मन्तब्य राख्दै निवर्तमान कार्यसमितिका अध्यक्ष माया थापा मगर र उनका कार्यसमितिलाई पाँचौं कार्यकाल सफलतापुर्बक सम्पन्न गरेको र निर्वाचन मण्डलले सफलतापुर्वक छैटौं कार्यसमिति चयन गरिदिएकोमा हार्दिक धन्यवाद दिएका थिए।
कार्यक्रममको अन्त्यमा निवर्तमान र नयाँ कार्यसमितिका अध्यक्ष, सचिब र कोषाध्यक्षको बिचमा प्रशासानिक दस्तावेज र आर्थिक हस्तान्तरण भएको थियो ।








