लन्डन २३ मार्च २०२५ । बेजिङस्टोक नेपाली समाजको अध्यक्षमा बिजय लिङथेप सर्वसम्मत चयन भएका छन् ।
शनिबार २२ मार्च २०२५ का दिन भएको संस्थाको आठौं अधिवेशनले लिङ्थेपको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । लिङ्थेप यूकेका विभिन्न संघ संस्थाहरुमा आबद्ध भएर अनुभव बटुलेका एक समाजसेवी हुन् ।
नयाँ कार्यसमितिको पधाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा दुर्गा गुरुङ,उपाध्यक्ष बल थापा र अमृता पालुङवा सबेन्हिम, महासचिवमा जगदीश वाग्ले र सचिव पासाङ शेर्पा, कोषाध्यक्षमा दुर्गा राईलगायत विभिन्न विभागीय प्रमुखहरु चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी कल्चर विभाग प्रमुखमा प्रिया राई लिङथेप,दिलीप बोखिम लिम्बू, जिन्सी विभाग प्रमुख तारा पुन र राजेन्द्र पुन, खेलकुदमा लाल चोङ्बाङ लिम्बू र शिवध्वज राई, जनसम्पर्कमा निशा शर्मा, युवा संयोजकमा प्रविन कर्नबेरी, मिडियामा पारस राना मगर, सिनियर सिटिजन संयोजकमा उत्तर सुन्दास र टेक कुलुङ राई, महिला संयोजकमा ध्रुव गुरुङ र शोभा गुरुङ, ट्राफिक व्यवस्थापनमा बेल गुरुङ र क्याटरिङ संयोजकमा नरेन्द्र (काजी) राई चयन भएका छन् ।
निर्वाचन समितिको संयोजकमा तिल बिक्रम सम्बाहाम्फे र रिटायर मेजर कृष्ण गुरुङ र टिचर मदन श्रेष्ठ रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष लिङथेपले अहिलेको चुनौती भनेको समाजलाई यूकेको अन्य संस्थाभन्दा छुट्टै स्थानमा पुर्याउने र डिन बोरो काउन्सिलसँग सहकार्य गर्ने रहेको बताए । उनले युवाहरू र सिनियर सिटिजनहरुको बारेमा विशेष ध्यान दिने र स-साना नानीहरूको निमित्त नेपाली कक्षा संचालन गर्नेजस्ता भावी योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालस्थित संखुवासभा जिल्लामा जन्मिएका अध्यक्ष लिङथेप धरानमा हुर्किएका हुन् । लिङथेप काठमाडौं हुँदै हङकङमा लामो बसाइँपछि यूके प्रवेश गरेका हुन् । हालसम्म उनी बेजिङस्टोकमा बसोबास गरिरहेका छन् ।







