घाचोक माछापुच्छ्रे समाज युकेको दसौं वार्षिकोत्सव सम्पन्न

SHARE:

नन्दकुमारी गुरुङ
मिचेट । घाचोक माछापुच्छ्रे समाज युकेले विविध कार्यक्रमका साथ दसौं वार्षिकोत्सव मनाएको छ । गत २३ सेप्टेम्बरका दिन मिचेटस्थित तमुधिं भवनमा मनाइएको हो ।
समाजका अध्यक्ष डिलरास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समाजका सल्लाहकार एवं वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, नेपालबाट बेलायत भ्रमणमा अमिन भिमबहादुर गुरुङलगायत अतिथिहरु १० जनाले सामूहिक रुपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा समाजका हालै उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु, पदोन्नती भएका, सन्तान लाभ भएका र नवबिवाहित जोडीहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
त्यस्तै, बेलायत भ्रमणमा रहेका भिमबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, प्रभु गुरुङ र हालै मर्दिखोला समाज युकेको अध्यक्षमा चयन भएका समाजका ज्वाइँ धर्म गुरुङलगायतलाई समाजका अध्यक्ष डिलरास गुरुङ तथा श्रीमती शोभा गुरुङले खादा लगाई सम्मान गरे ।

समाजका महासचिव नारायण गुरुङले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष गुरुङले उपस्थित अतिथिहरु लगायत समाजका भाञ्जाभाञ्जी र छोरीज्वाइँहरुलाई धन्यवाद दिएका थिए ।
विविध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको कार्यक्रममा समाजका दिदिबहिनीहरुले राफल ड्र खेलाएका थिए । त्यस्तै, कार्यक्रममा कुमार गुरुङ र मुना गुरुङले आकर्षक नृत्य प्रस्तुत् गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!