आगामी १७ मेमा किरात राई यायोक्खा यूकेले साकेला उभौली मनाउने

SHARE:

लन्डन १६ अप्रिल २०२५ । किरात राई यायोक्खा यूकेले आगामी १७ मेमा साकेला उभौली पर्व मनाउने भएको छ ।

ग्याम्बल्स लेन सर्रेस्थित किरात हाउसमा भव्य कार्यक्रम गरेर साकेला मनाउने निर्णय भएको संस्थाका वरिष्ठ उपाध्यक्ष एवं साकेला कोअर्डिनेटर प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रकृति पूजक किरात राईहरूले किरात राई परम्पराअनुसार भूमिको पूजा तथा विविध सांस्कृतिक कार्यक्रम गरेर उभौली मनाउने तयारी गरेका हुन् । किरात राईहरूले यो चाडलाई पृथ्वीमा कृषि युगको सुरुआत भएदेखि नै मान्दै आएको विश्वास गरिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!