राजु र शिलाको साथमा रेडिङवासीले धुमधामले मनाए नयाँ वर्ष

SHARE:


लन्डन १६ अप्रिल २०२५ । गायक राजु परिवार र गायिका शिला आलेको साथमा रेडिङवासीले धुमधामसँग नेपाली नयाँ वर्ष २०८२ मनाएका छन् ।

ग्रेटर रेडिङ नेपाली समाजको आयोजनामा आइतबार १३ अप्रिल साँझ रेडिङवासीले साउथ रेडिङ कम्युनिटी हलमा नयाँ वर्ष हर्षोल्लासका साथ मनाएका हुन् । कार्यक्रममा स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुतिले दर्शक श्रोताहरुले भरपूर मनोरन्जन लिए । हल खचाखच थियो ।

समाजका अध्यक्ष भिमसेन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूताजास लन्डनका उपनियोग प्रमुख बिपिन दुवाडी र विशेष अतिथिमा काउन्सिलरहरु रोब ह्वाइट र राज सिङ थिए । यस्तै अतिथिहरुमा तमु समाज रेडिङका अध्यक्ष देव गुरुङ, मगर संघ रेडिङका अध्यक्ष सोब रेगामी, तामाङ घेदुङ रेडिङका अध्यक्ष उदय घिसिङ, पास पुछ गुठी रेडिङका अध्यक्ष दिब्य महर्जन, किरात समाज रेडिङका अध्यक्ष एलबी सुब्बा, क्षेत्री समाज रेडिङका अध्यक्ष रामेश्वर थापा, आरईजीबीएका राम गलामी, आमा समूह रेडिङका अध्यक्ष हरिमाया गुरुङ, सुनगाभा ईन्टरटेन्टमेन्टका डाईरेक्टर लोकनाथ अधिकारी, समाजका पूर्वअध्यक्षहरु र अग्रज सल्लाहकारहरु र संस्थापक सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रम संचालन महासचिव डा.भरत पौडेलले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष बालकृष्ण दाहालले गरेका थिए ।
कार्यक्रममा उपस्थित भएर शोभा बढाई दिने सम्पूर्ण दर्शक श्रोताहरुलाई ग्रेटर रेडिङ नेपाली समाजका तर्फबाट अध्यक्ष खडंकाले धन्यवाद ज्ञापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!