
लन्डन १८ अप्रिल २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अनिल मल्ललाई दिइएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतको १३ अप्रिल २०२५ मा सम्पन्न पहिलो कार्यसमिति बैठकले अध्यक्ष प्रेम गाहामगरको अनुपस्थितिमा उपाध्यक्ष मल्ललाई कार्यवाहक अध्यक्षको रुपमा नियुक्त गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरिएको हो । कार्यवाहक अध्यक्ष मल्लले अध्यक्ष मगर नेपाल भ्रमणबाट नफर्किँदा संघको सम्पूर्ण नेतृत्व र जिम्मेवारी सम्हाल्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष मगरले आफ्नो अनुपस्थितिमा पनि संस्थाको कार्य सञ्चालन निरन्तर, व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष मगर मे ३ देखि ५ सम्म काठमाडौंमा हुने एनआरएनएको एकता महाधिवेशनका लागि बिहीबार नेपाल प्रस्थान गरेका छन् ।







