बेलायत आइपुगे कांग्रेसका सहमहामन्त्री आङदेम्बे

SHARE:


लन्डन १८ अप्रिल २०२५ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं संविधानसभा सदस्य भीष्मराज आङदेम्बे बेलायतमा आइपुगेका छन् ।

पार्टी विदेश शाखाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन सहमहामन्त्री आङदेम्बे बिहीबार बेलायत आइपुगेका हुन् । श्रीमती ललितादेवी आङदेम्बेसहित लन्डन आएका आङ्देम्बेलाई विमानस्थलमा
ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन (बिजीनेसा)यूकेका पदाधिकारी तथा अन्य आफन्तले विमानस्थलमा स्वागत गरेका थिए ।

उनी १९ अप्रिलमा हुने बिजीनेसायूकेको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यस्तै, २० अप्रिलमा लन्डनस्थित पार्टी जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा आङदेम्बे सहभागी हुनेछन् । २६ अप्रिलमा आङदेम्बे सेवा समाजद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्य तालिका छ ।

उनी १ मेमा नेपाल फर्किने कार्यक्रम रहेको स्वकीय सचिव याम ढुंगानाले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!