
संजय सिंजाली मगर
काठमाडौं २० अप्रिल २०२५। मगरात जोङले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामन आदनप्रदान तथा संस्थाको भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ ।
मगरात सभ्यताको चिनारी नचन डाँडामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि, पूर्वगाविस अध्यक्ष तथा संस्थाका सल्लाहकार गुनबहादुर सिंजाली मगरले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । शुभकामन आदनप्रदान तथा संस्थाको भित्तेपात्रो विमोचनमा मन्तव्य राख्रदै प्रमुख अतिथि सिंजाली मगरले मगरात जोङ संस्था छोटो समयमा धेरै अघि बढ्दै गएकोप्रति धेरै हर्षित भएको बताए । नेपाल एउटा सर्वभौम बहुजातीय राष्ट्र रहेको औल्याउँदै भने जहाँ मगरले शिक्षाको अभावमा राजनीतिक उत्तरचढाव बुझ्न सकेका छैनन्, दलको लम्पसारवादी हुँदा आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति के हो ? भन्नेमा अझै अन्योलमा छन् । त्यस्ता भ्रमलाई चिर्न शिक्षित अगुवाहरु संस्थामा आबद्ध भएर जानु पर्नेमा उनको जोड थियो ।
आदिवासी जनजातिमा मगरहरु जनसंख्या हिसाबले अन्यभन्दा धेरै रहे पनि आफ्नो वास्तविकता पहिचानलाई चिन्न नसकेको उनले जिकिर गरे । त्यसकारण मगरात जोङ संस्थाले मगरलाई चेतना जगाउने विषयमा मुख्य भूमिका खेल्नु पर्ने संकल्पसहित त्यसका लागि शिक्षा, स्वास्थ्य, व्यवहारिक आधारभूत तालिमाजस्ता अवसर र पहुँच पुर्याउने योगदानमा सधैं कटिबद्धता भएर लाग्न उनले आग्रह गरे ।
त्यस्तै संस्थाका अध्यक्ष दिपक सिं काम्मु मगरले मगरात जोङ स्थापन भएको धेरै नभएको उल्लेख गर्दै यसको उद्देश्य वर्तमान नेपाल मगर संघ केन्द्रीय समितिभित्र राजनीतिक हाबी भएको संस्था जस्तो नभएको बताए । उनले थपे, ‘मगरात जोङ भनेको विशुद्ध मगर जातिको उत्थानको निम्ति स्थापना भएको संस्था हो । यस संस्थाले मगरको भाषा, धर्म र पहिचानजस्ता लोपोन्मुख संस्कार संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने साथै शिक्षा, स्वास्थ्य र क्षमता अभिवृद्धि गर्दै लैजाने लक्ष्यसहित अघि बढिरहेको छ ।’
कार्यक्रममा संस्थाका अध्यक्ष दिपक सिं काम्मु मगरको सभाध्यक्ष र सचिव भिमकुमारी राना मगरको सञ्चालन थियो ।






