आगामी जुन १५ मा ९ औं अधिवेशन गर्ने प्रवासी नेपाली मञ्च यूकेको निर्णय

SHARE:


लन्डन २१ अप्रिल २०२५ । प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ ।

प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पूर्ण बैठकले आगामी १५ जुन २०२५ मा अधिवेशन गर्ने निर्णय गरेको हो । बेलायतस्थित मिडल्यान्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रुपमा आउने छन् भने युरोप अमेरिका र इन्चार्ज घनश्याम पाण्डे र ओएनएफ अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापा विशिष्ट अतिथिका रुपमा सहभागी हुनेछन् ।

अध्यक्ष भुसालका अनुसार महासचिव पोखरेल र इन्चार्ज पाण्डे र ओएनएफ अन्तर्राष्ट्रिय अध्यक्ष थापा अधिवेशनमा बेलायत आउने पक्का भैसकेको छ । अधिवेशनका लागि विभिन्न समितिहरु समेत गठन भएका छन् ।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समिति संयोजकमा कर्ण शाही, उपसंयोजकमा सरस्वती केसी, सदस्यहरु दिनेश घिमिरे, विनोद ज्ञवाली, रामचन्द्र गुरुङ, केदार थपलिया र तिलकराम भट्टराई छन् । त्यस्तै, प्रचारप्रसार समितिमा संयोजक श्याम लुइँटेल र सदस्यहरुमा अर्कराज तिम्सेना, शम्मु अर्याल, विदुर खत्री र दुर्गा बानियाँ छन् ।

त्यस्तै, अधिवेशन प्रतिवेदन लेखन समितिमा संयोजक तुंगभद्र भुसाल र सदस्यहरुमा कृष्ण भण्डारी, डा. मुकुन्द बास्तोला, पुण्य रेग्मी, बालकृष्ण भुसाल, पशुपति पोखरेल र श्याम लुइँटेल छन् । अधिवेशनमा आउने पाहुनाहरुलाई स्वागत गर्ने अतिथि सत्कार समितिमा संयोजक भण्डारी, सदस्यहरुमा केशरी क्षेत्री, दुर्गा बानियाँ र राममाया थापा छन् ।

यस्तै, अधिवेशनमा स्वयंसेवक परिचालनको जिम्मेवारी डा बास्तोलालाई दिइएको छ भने सदस्यहरुमा शम्मु अर्याल, जोनी पहारी, तारानाथ भण्डारी र राममाया थापा छन् ।

आर्थिक व्यवस्थापन समिति संयोजकमा पुण्य रेग्मी र सदस्यहरुमा अर्जुन चापागाईं, गोविन्द सापकोटा चयन भएका छन् भने प्रतिनिधि व्यवस्थापन समितिमा संयोजक बालकृष्ण भुसाल, सदस्यहरुमा भीमलाल भट्टराई, मोति खरेल, पदम गोले, बिमश शर्मा, राममाया थापा छन् ।

बैठकले अधिवेशन मूल व्यवस्थापनका लागि कार्यसमितिलाई जिम्मा दिइएको छ भने अधिवेशनको हल व्यवस्थापन र खानाको व्यस्थापनका लागि पशुपति पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ । जसमा पदम गोले, शम्मु अर्याल, गोविन्द सापकोटा र तारानाथ भण्डारी रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!