कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेसँग बेलायतवासी नेपालीको भेटघाट

SHARE:

लन्डन २२ अप्रिल २०२५ । बेलायत भ्रमणमा रहेका संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे, उनकी पत्नी ललितादेवी आङदेम्बे र ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद लीला बोखिम लिम्बुसँग बेलायतवासी नेपालीले भेटघाट गरेका छन् ।

पाँचथर समाज सेवा युकेकी अध्यक्ष शान्ति लिम्बु र समाज सेवी लिला सेलिङ माबोको संयोजकत्वमा सोमबार २१ अप्रिल २०२५ मा भेटघाट एवं स्वागत कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा श्री माबो, छवि सेलिङ, जनसम्पर्क मञ्च युकेका अग्रजहरु, एनआरएनए यूकेका पूर्वसंरक्षक शेर सुनार, सूर्य नेम्बाङ, असल लिम्बु, लोक गुरुङ, पाँचथर समाज सेवा युकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङ, मनोक्रान्ति अभियन्ता गजेन्द्रराज नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।

शान्ति र लिलाले कार्यक्रममा उपस्थित महानुभावहरुको परिचय गराउँदै बेलायत सहमहामन्त्री भीष्मराज दम्पती र प्रदेश सांसद लीलाको बेलायत बसाइ आनन्दमय रहोस् भनी खादा ओडाइ सम्मानसहित शुभकामना मन्तव्य राखेका थिए ।

सांसद आङदेम्बेले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद प्रकट गरेका थिए । सहमहामन्त्री दम्पती १७ अप्रिलमा बेलायत आइपुगेका हुन् । उनी
पार्टी विदेश शाखाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन श्रीमती ललितादेवी आङदेम्बेसहित लन्डन आएका हुन् ।

उनी १ मेमा नेपाल फर्किने कार्यक्रम रहेको स्वकीय सचिव याम ढुंगानाले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!