
लन्डन २ मे २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राई बेलायतमा काउन्सिलर निर्वाचित भएकी छन् ।
बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट रोजिना ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा विजयी भएकी हुन् । शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाइन् । उनका निकटतम् प्रतिद्वन्द्वी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए ।
एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध छन् समाजसेवी रोजिना राई ।






