
लन्डन ६ मे २०२५ । खेन रिम्पोछे शिरलामा गुरूङ बेलायत आएका छन् । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यही १२ मे मा गर्ने २५६९औं बुद्ध जयन्ती कार्यक्रमका लागि लामागुरु शिरलामा सोमबार लन्डनस्थित हिथ्रो विमानस्थलमा ओर्लिएका हुन् ।
शिरलामालाई तमुधीं युकेका अध्यक्ष जुमकाजी गुरुङ, बुद्धिष्ट गुम्बा रेडिङ यूकेका अध्यक्ष ई.खेमबहादुर गुरुङ, डाईमण्ड बुद्धिस्ट सेन्टर यूकेका आध्यक्ष चन्द्रप्रसाद गुरुङ, बीसीसी केन्ट पलरिलिङ गुम्बाका अध्यक्ष ङिम तेन्जी शेर्पा, ताङ्तिङ समाज यूकेका अध्यक्ष तर्कजंङ गुरुङ, लण्डन सेरोफेरो ङोन्डो समूहका उपासक ओमप्रसाद गुरुङ साथै बुद्धिस्ट गुम्बा यूकेका वर्तमान पूजा प्रमुख दोर्जे लोपोन शंखर (ञिङ्जे) गुरुङ, तमुधीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, वर्तमान उपाध्यक्ष कमल गुरुङलगायत शुभचिन्तक आफन्तजनहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
बौद्ध अनुयायीहरूकॊ लागि पूण्य सन्चय, संसारका सम्पूर्ण प्राणीहरूकॊ हित र यस महान् दिनलाई सफलतापूर्वक पूजा गरेर सम्पन्न गर्नका लागि संस्थाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरूङ नेपालबाट बेलायत आएका हुन् ।
डायमन्ड बुद्धिस्ट सेन्टर यूके प्रत्येक वर्ष मनाउँदै आएकॊ भगवान् बुद्धकॊ जयन्ती यस साल विलविच लन्डनस्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेकॊ गुम्बामा विविध कार्यक्रमसहित १२ मेमा हुँदैछ । त्यसैदिन प्रत्येक वर्ष गरिने शान्ति पदयात्रा पनि शहरकॊ परिक्रमा गरेर सम्पन्न गरिने आयोजकले जनाएको छ । यस वर्षकॊ लागि कार्यक्रमकॊ भॊजनदान संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ र उनकॊ श्रीमती मिना गुरूङले प्रायॊजन गरेका छन् ।
कार्यक्रमकॊ संयॊजक संस्थाका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, सह-संयॊजकद्वय क्रमशः संस्थाका प्रमुख सल्लाहकार राम गुरूङ र उपाध्यक्ष सुशील प्रजापति रहेका छन् ।






