दिनदु:खीकी ‘आमा’को उपचारमा बेलायतबाट तुलचन्द्र तिलिजासहित १३ जनाले पठाए सहयोग [सूची]

SHARE:

लन्डन १३ मे २०२५ । दिनदु:खीकी ‘आमा’को अर्थात् एकीकृत समृद्धि नेपालकी सञ्चालक जुनु पुनमगरको उपचारका लागि बेलायतबाट ५३ हजार रुपैयाँभन्दा बढी सहयोग पठाइएको छ ।

नसा च्यापिएपछि उपचाररत जुनुका लागि तुलचन्द्र तिलिजा पुनमगरसहित १३ जनाले ५३ हजार २२२ रुपैयाँ सहयोग पठाएका हुन् । बिरामी जुनुले उपलब्ध गराएको सहयोगको नामावलीअनुसार तुलचन्द्र तिलिजा पुनमगर, बिल पुर्जा, चन्द्रमान मगर, बल पुर्जा, मधुराम राना मगर, पदम गर्बुजा, ललित गर्बुजा, लिल अर्मजा, कृष्ण तिलिजा, कृष्ण पुन, योगकुमार फगामी, चित्र प्रकाश गर्बुजा र बेल तिलिजा छन् ।

समाजसेवी जुनुले आफ्नो लागि सहयोग पठाएकोमा तुलचन्द्र तिलिजासहित सबैलाई धन्यवाद दिएकी छन् । ‘यूके बसेर हरेक दुखी, गरिब, असहायलगायत बिरामीको लागि हरपल सहयोग र साथ दिनुहुने आदरणीय महान् मनको धनी विभिन्न संघ संस्थामा आबद्ध पूर्व बेलायती सेना दाइहरुमा धेरै धेरै धन्यवाद, हस्पिटलको महङ्गो उपचार अनि हरेक समय सोधपुछ गर्दै हालखबर बुझ्नु भएको तुलचन्द्र तिलिजा पुनमगर दाइले साथी भाइसँग सरसल्लाह गरेर मेरो लागि यति दु:ख गर्नु भएकोमा सम्पूर्ण सहयोग गर्नुहुने दाजुहरुलाई धेरै धेरै धन्यवाद । दानीलाई हानी कहिले नहोस् । कुलपितृ दाहिने रहुन् ।’

बागलुङ घर भइ हाल काठमाडौं तारकेश्वर नगरपालिका बस्दै आएकी जुन ढाडको नसा च्यापिएर हिँड्न, उठ्न नसक्ने भएपछि अहिले नेपाल भारत मैत्री हस्पिटल मित्रपार्क चाबहिलमा न्युरोसम्बन्धी उपचारमा छिन् । उनलाई नसाको समस्या दुई वर्षअघिदेखि नै देखिएपनि पछिल्ला ८/९ महिनादेखि भने समस्या चर्को भएको हो ।

उनी नेपाल मगर संघ केन्द्रीय समिति सदस्य हुन् भने विभिन्न खेलकुदसम्बन्धी संस्थामा समेत आबद्ध छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!