बेलायत निवासी कृष्ण गुरुङद्वारा एकल चार महिलालाई जनही ५० हजार सहयोग हस्तान्तरण

SHARE:

लन्डन २२ मे २०२४ । लन्डन म्याराथुनमा सहभागी हुने क्रममा बेलायत निवासी समाजसेवी कृष्ण गुरुङले संकलन गरेको सहयोग रकम एकल महिलालाई ‘उद्यम विकास बीउपुँजी’का लागि प्रदान गरिएको छ ।

ग्रिनल्यान्ड युवा क्लबको आयोजना र व्यवस्थापनमा शनिबार एक कार्यक्रमबीच श्रीमान् गुमाएका चितवन पूर्वीमाडीका चारजना एकल महिलाहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले बीउपुँजी रकम प्रदान गरिएको हो । विभिन्न कालखण्डमा श्रीमान्‌को निधन भई एकल महिला रहेका माडी-९ निवासी मीना भण्डारी, मञ्जु अधिकारी, सरला अधिकारी र हितमाया गुरुङलाई बाँकी जीवनमा उद्यम विकास गरी आयआर्जनमा सघाउन बीउपुँजी उपलब्ध गराइएको धावक गुरुङले जानकारी दिए । उनी बेलायतमै रहेकाले उनका बुबा पूर्णबहादुर गुरुङ र चितवन एड ट्रस्ट यूकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

यस्तै च्यारिटीबाट संकलित रकममध्येबाट अब एक जना नुवाकोटमा वितरण गर्ने तयारी रहेको पनि समाजसेवी गुरुङले बताए । ग्रिनल्यान्ड युवा क्लबकोका अध्यक्ष सहदेव गुरुङको अध्यक्षतामा सम्पन्न एक्त कार्यक्रमका प्रमुख अतिथि रहँदै माडी–९ का वडाध्यक्ष घनश्याम दवाडीले’तन बेलायतमा रहे पनि मनमा सधैं माडी र नेपाल बोकी हिँड्नुहुने गुरुङलाई धन्यवाद’ व्यक्त गरे ।

गोर्खा प्रेनियर फाउण्डेशनका सञ्चालक समेत रहेका माडी कृष्णनगर निवासी व्यवसायी एवं सामाजिक अभियन्ता गुरुङ, सहयोग संकलनको आह्वानसहित यसअघि गत अप्रिल २७ (आमाको मुख हेर्ने दिन)मा विश्वप्रसिद्ध लन्डन म्याराथनमा सहभागी भएका थिए । उनको सहयोगमा यसअघि माडीका तीनजना महिलाहरुलाई बीउपुँजी सहयोग भएकोमा हाल उनीहरुले आर्थिक स्वावलम्बन हासिल गरिसकेको जनाइएको छ । प्रोपर्टी इन्भेस्टर तथा माइन्डसेट मोटिभेटर गुरुङ फायर ओक गर्न पनि सक्षम छन् ।

कृष्ण गुरुङको अभियानमा सुर्य पिपल गुरुङ (पिपल मोर्गेज), भिम गुरुङ (गोर्खा किचन-अल्डरसट), सिर्जना गुरुङ (ग्रान्थम), ज्ञान गुरुङ (फ्रान्स), सुनिता कार्की गिरि (ग्रान्थम), अस्मिता लिम्बु (ओसिन-ग्रान्थम),प्रकाश केसी (ग्रान्थम),देव बंडा (पूर्व अध्यक्ष ग्रान्थम समाज),उपेन पौडेल (ग्रान्थम), रजनी थापा (ग्रान्थम), सरु दाहाल (ग्रान्थम), भिम गुरुङ (अल्डरसट), दिनेश शिलवाल (ग्रान्थम), रिता कँडेल (ग्रान्थम), जय आचार्य (ग्रान्थम),विष्णु अर्याल (उपाध्यक्ष ग्रान्थम समाज), हरिकुमार गुरुङ (हडस्‌फिल्ड), सुनिलबाबु खड्का (एनआरएन यूके पूर्वअध्यक्ष), धन छेत्री (डार्टफोर्ड), राजेन्द्र आचार्य (ट्रस्टी क्याट यूके, क्याट यूकेले सहयोग गरेका थिए ।

यस्तै शशांक शर्मा (सचिव साझा मिडल्याण्ड),कपिल श्रेष्ठ (संस्थापक अध्यक्ष क्याट यूके), ले चन्द्र गुरुङ (एनआरएनए आईसीसी सदस्य), रमेश श्रेष्ठ (क्याट यूके ट्रस्टी), रितेश पाण्डे (क्याट यूके पूर्वअध्यक्ष), विश्वआदर्श पण्डित (एनआरएनए यूके सल्लाहकार), पुनम गुरुङ (एनआरएनए यूके पूर्वअध्यक्ष), कृष्ण तिवारी (क्याट यूके अध्यक्ष),कमल बस्याल (सचिव ग्रान्थम समाज ), पंकज अर्याल (ग्रान्थम), ज्ञानु बाला गुरुङ (फ्रिम्ली), सरुण गुरुङ (अल्डरसट), यमु कँडेल (ग्रान्थम), बिश्वास गुरुङ (ग्रान्थम), लोक गुरुङ (पूर्वअध्यक्ष, क्याट यूके, राम पाण्डे (ग्रान्थम)लगायत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!