
लन्डन २२ मे २०२५ । आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले आगामी ५ जुलाईमा डिनर नाइट तथा वार्षिक भेटघाट गर्ने निर्णय गरेको छ ।
१९ मेमा जुममार्फत बसेको बैठकले ५ जुलाईमा गर्ने निर्णय गरेको महासचिव फाराम दुराले जानकारी दिए । बैठकले कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका राजदूत चन्द्रकुमार घिमिरेलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गर्नेसमेत निर्णय गरेको छ ।
कार्यक्रमलाई नेफिन यूकेको आर्थिक अवस्थामा सहयोग पुग्ने गरी नेपाली समुदायका महासंघका शुभचिन्तक, बेलायतस्थित महासंघमा आबद्ध जातीय संस्था, विभिन्न व्यावसायिक संघसंस्थाका सथै महासंघका सल्लाहकार र कार्य समितीको सदस्यलाई स्वेच्छाले आर्थिक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
यस्तै, बैठकले नेफिन यूके डिनर नाइट तथा वार्षिक भेटघाट कार्यक्रम र संस्थाले गर्न लागेको विश्व आदिवासी दिवस कार्यक्रमका लागी आयोजक कमिटीसमेत गर्ने निर्णय गरेको छ । बैठकमा महासंघका सल्लाहकार, जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधि र कार्य समितिका सदस्यसहित २४ जनाको सहभागिता थियो ।






