तमु समाज युकेको ३१ मेमा १८औं वार्षिक साधारणसभा, विभिन्न प्रतिवेदन प्रस्तुत हुने

SHARE:

लन्डन २४ मे २०२५ । तमु समाज युकेको १८औं वार्षिक साधारणसभा यही ३१ मे मा हुने भएको छ ।

ह्यारो रोड बारहम पार्क वेम्बलीस्थित तमु समाज युकेको सामुदायिक भवनमा शनिबार ३१ मे २०२५ का दिन साधारणसभा तय भएको समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले जानकारी दिइन् ।

सभामा तमु समाज युकेको वर्षभरिका उपलब्धिहरुका बारेमा महासचिवद्वारा तयार पारिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ । साथै, कोषाध्यक्ष तथा लेखा समितिले तयार गरेको लेखापरीक्षण प्रतिवेदन/ मौज्दात प्रतिवेदन पनि प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताइन् । उक्त प्रतिवेदनहरुमाथि भएका आय–व्यय तथा समाजले गरेका सफलता र कमीकमजोरीहरुको समीक्षा, भावी योजनाको तयारी साथै तमु संस्कार, संस्कृति, भाषा, भेषभूषा र युवा पुस्तामा पुस्तान्तरण र सामाजिक सेवामा समाजले खेल्नुपर्ने भूमिकाका विषयमा आफ्नो महत्वपूर्ण राय, सल्लाह र सुझावहरु राखी समाजलाई सहयोग गरिदिन सबैमा अध्यक्ष गुरुङ अनुरोध गरिन् ।

तमु समाज युकेका अध्यक्ष, पदाधिकारीहरु, सम्पूर्ण ट्रस्टीहरू, क्षेत्रीय प्रतिनिधिहरु, सम्पूर्ण सल्लाहकारहरु, आमा समूहकी अध्यक्ष तथा सम्पूर्ण आमा दिदी–बहिनीहरु, युवा समूहका अध्यक्ष लगायत सम्पूर्ण युवा समूह, सम्पूर्ण आजीवन सदस्यहरु तथा शुभचिन्तकहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!