तमु धिं युकेद्वारा आयोजित गोर्खा कपमा २० सौं हजार दर्शकको उपस्थिति, गोर्खा कप २०२५ को उपाधि नेपाल ड्रिम टिमको पोल्टामा

SHARE:

आइतवार २५ मे २०२५ – बेलायत । तमु धिं युकेद्वारा आयोजित गोर्खा कपमा २० सौं हजार दर्शकको उपस्थिति रहेको छ भने गोर्खा कप २०२५ को उपाधि नेपाल ड्रिम टिमको पोल्टामा छ ।

अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल ग्राउण्डमा आयोजित फुटबल प्रतियोगितामा मुख्य टिमतर्फको गुरुजी इलियट टिमलाई पराजित गर्दै नेपाल ड्रिम टिमले उपाधि हात पारेको हो ।

नेपाल ड्रिम टिमले गोर्खा कपको मेन टिमको ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने रनर अप गुरुजी इलियट टिमले १८ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ ।

मेन टिमको बेस्ट म्यानेजर नेपाल ड्रिम टिमका शक्थिम चेम्जोङ घोषित भएका छन्। बेष्ट पेलेयरमा पनि नेपाल ड्रिम टिमकै इश्वर गुरुङ घोषित भएका छन् भने टप स्कोरर गुरुजी इलियटका रोबेल नाल्बो घोषित भएका छन्।

भेट्रान टिमको विजेता हिमालयन एफसी बन्यो भने रनर अप इन्टेक २००० बनेको छ । भेट्रानको विजेताले १५ सय पाउन्ड र उपविजेताले १ हजार पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।

भेट्रान तर्फको बेस्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा बनेका छन्। टप स्कोररमा डा. सन्दिप गुरुङ घोषित भएका छन भने बेष्ट पेलेयरमा खुम गुरुङ घोषित भएका छन् ।

महिलातर्फ रन्डर बोल्ट एफसी विजेता बनेका छन भने तामाङ समाज युके उपविजेता बनेका छन् । बिजेता र उपविजेताले क्रमश: ६ सय र ४ सय पाउन्ड पुरस्कार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । महिला तर्फको उत्कृष्ट खेलाडीमा फतिमा राई घोषित भएका छन्।

भेट्रान टिमको बिजेता टिमलाई बिसिसी युकेका निवर्तमान अध्यक्ष हर्क गुरुङ र जगना गुरुङले £१५०० पुरस्कार प्रायोजन गरेको छ भने उपविजेता टिमलाई एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङले £१००० प्रयोजन गरेको छ।

गोर्खा कप २०२५ को लेडिस टिमको बिजेता तिम्लाई £६०० पुरस्कार नबिन एण्ड नविन जलर्सले प्रायोजन गरेको छ भने उपविजेता टिमलाई ले. कर्ण गुरुङ (समिट) ले £४०० प्रयोजन गरेका छन।

यस वर्ष गोर्खा कपमा मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी भएका थिए भने झन्डै २० सौं हजार दर्शक र खेलाडीको उपस्थिति रहेको थियो।

सम्पूर्ण बिजेता, उपविजेता, बेष्ट म्यानेजर, टप स्कोरर, बेष्ट पेलेयरहरुलाई तमु धिं युके अध्यक्ष जुमकाजी गुरुङ, आमा समुहकी अध्यक्ष कमला देबी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरे, विशेष अतिथिहरु सांसद, अलेस वेकर, रसमरबोरो काउन्सिलका मेयर, कर्नेल बिजी, गोर्खा कप संयोजक क्याप्टेन दिपक घले र उनका समुह, बिभिन्न पुरस्कार र खेलाडीका लागि प्रायोजकहरु र नेपालबाट महिला चर्चित फुटबल खेलाडी सावित्री भण्डारी (साम्बा) र पुर्व फुटवल खेलाडी तथा विश्व गिनिस बुक रेकर्ड होल्डर साजन डंगोलको बाहुलीबाट पुरस्कार वितरण गरेका छन्।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले रसमार बोरो काउन्सिललाई £५०० र गोर्खा वेल्फ़र ट्रष्टलाई परोपकारी कार्यको लागि £५०० को चेक हस्तान्तरण गरेका छन्।

स्मरण रहोस महिला चर्चित फुटबल खेलाडी सावित्री भण्डारी (साम्बा) को फ्यान तथा जीवन र मरणको दिसाँधमा रहेको क्यान्सर पिडित यासाहाङ लिम्बु अक्सफोर्डबाट साम्बालाई भेट्न आएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!