महिलालाई कानूनी तालीम

SHARE:

विराटनगर । प्रदेश नं १ का आदिवासी महिलालाई भूमिमाथिको कानूनी अधिकारबारे जानकारी दिने उद्देश्यले दुईदिने तालीम सोमबार यहाँ सम्पन्न भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ (निफ) को आयोजनामा भूमिमाथिको कानूनी अधिकार र व्यावहारिक पक्षका बारेमा जानकारी दिन तालीमको आयोजना गरिएको हो । राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घको महासचिव शान्ति देवानले जनजाति बसोबास रहेको भूमिको संरक्षण गर्न कानूनको जानकारी दिन यस्तो तालीम आयोजना गरिएको जानकारी दिइन् । तालीममा आदिवासी जनजातिको अधिकारको विषयमा छलफल हुनाका साथै नयाँ फौजदारी संहिताका विषयमा समेत जानकारी गराइएको थियो ।

तालीममा आदिवासी जनजाति समुदायका अगुवा ४० महिलाको सहभागिता थियो । तालीममा सहभागीले समुदायमा गएर उनीहरुले आफ्नो अधिकार स्थापित गर्नका लागि पहल गर्ने बताइएको छ । तालीमको सहजीकरण अधिवक्ता लक्ष्मी राई र नेफका कार्यक्रम संयोजक कमला थापाले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!