
लन्डन २८ मे २०२६ । मगर संघ यूकेले छात्रवृत्तिका लागि यही ३१ मेभित्र निवेदन दिन मास्टर डिग्री र पीएचडी अध्ययनरत विद्यार्थीलाई आग्रह गरेको छ ।
मगर संघ यूकेद्वारा संचालित मगर मास्टर डिग्री र पीएचडी ट्रस्ट फन्डअन्तर्गतको छात्रवृत्ति कार्यक्रम २०२४/०२५ को लागि निवेदन दिन नोभेम्बर १ मा आह्वान गरिएको उल्लेख गर्दै ३१ मेमा बन्द हुने जानकारी गराइएको हो । यो छात्रवृत्ति कार्यक्रम नेपालमा लागू गरिँदै आएको छ ।
ट्रस्टको अध्यक्षमा मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालू) महासचिव गोमन पुन र कोषाध्यक्ष मोहन थापा रहेका छन । छात्रवृत्तिका लागि बेलायत र नेपालमा उपसमिति रहेको छ । यूके म्यानेजमेन्ट टिममा मगर संघ यूकेका पूर्वअध्यक्ष, दुतबहादुर पुन, डा.प्रेम आले र देवी आले छन् ।
यस्तै नेपाल म्यानेजमेन्ट टिममा ओआईसी मेजर यम राना एमभीओ, एमबीई, सचिवमा प्रतिभा पुन, कोषाध्यक्षमा तेजबहादुर थापामगर, सदस्यमा लेफ्टिनेन्ट तीर्थबहादुर थापा मगर रहेका छन।
सलाहकारमा नेपाल मगर संघ र नेपाल मगर विद्यार्थी संघ रहेका छन् ।
मगर मास्टर डिग्री र पीएचडी ट्रस्ट फन्ड छात्रवृत्ति कार्यक्रम शैक्षिक सत्र २०२०/२१ देखिनै लागू भएको हो । मगर संघ यूके सन् २००२ मा स्थापना भएको हो ।






