पहिचानवादी मोर्चा यूके आस्फोर्ड क्षेत्रमा विस्तार, संयोजकमा ज्ञानु फुरुम्बो

SHARE:

चन्द्रगोपाल
लन्डन २९ मे २०२५ । पहिचानवादी मोर्चा यूके आस्फोर्ड क्षेत्रमा विस्तार गरिएको छ ।

मोर्चाका केन्द्रीय संयोजक देवीबहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा आस्फोर्ड सिंगल्टन भिलेज हलमा शनिबार २४ तारिख २०२५ मा आयोजित भेलाले ज्ञानु फुरुम्बो संयोजकत्वमा २५ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । सहसंयोजकद्वय दुर्गा पाङमा र धनु याक्खा, सदस्य सचिव माक्सती ओख्राबु र कोषाध्यक्ष लक्ष्मी तुम्बाहाङफे चयन भएका छन् ।

अन्य सदस्यहरुमा दीपेन्द्र फेयङ साम्बा, हेम चोङबाङ, लोक गुरुङ, शान्ति लिम्बु ‘सानु’, आसा मादेन, प्रेम गुरुङ, मान लक्सम्बा, नहरजंग माबोहाङ, बिनोद वनेम, डागबहादुर चोङबाङ, कविता माबोहाङ, प्रविण लुम्फुङ्वा, बलहाङ माबोहाङ, चन्द्रकिरण माबोहाङ, राज आङबुहाङ, काजिमान ओख्राबु, सिङलाहाङ पतङवा, प्रशान्त देवान, नेत्र याक्खा र राजेन्द्र नेम्बाङ छन् ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै पहिचानवादी विचार बोक्नेहरु विभिन्न दलहरुमा छरिएर बस्न आवश्यक नभएको भन्दै यूकेबाट एकीकृत भएर देखाउने संयोजक तुम्बाहाङफेले बताए । मोर्चा यूकेका सहसंयोजक विजय लुम्फुङवाले शुभकामना मन्तव्य राख्ने क्रममा नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको आवश्यकता भएकोले पहिचानवादी शक्ति जबर्जस्त उदाउने क्रममा अहिले विचार निर्माणको चरणमा आफूहरु रहेको बताए । उनले बहुल सांस्कृतिक समाजवाद पहिचानवादी राजनीतिक दर्शन हुनसक्छ भन्ने दावी गर्दै विमर्श गर्न अनुरोध पनि गरे ।

यसै गरी विचार विभागका गणेश इजमले पहिचानवादीहरु एक हुनु र राजनीतिक शक्ति निर्माण गरेर जानुपर्नेमा जोड दिँदै मुकुम्लुङमाथि अहिलेको सत्ताले नाङ्गो नाच देखाएकोमा झनै एकतालाई बल गरेको उल्लेख गरे । केबुलकार ठूलो कि मुकुम्लुङभित्रको याक्थुङ/लिम्बु मुन्धुमी पहिचान ठूलो हो ? प्रश्न गर्दै उनले विकासको नाममा यस्ता संरचनाहरु बनाउनुअघि रैथाने पहिचानहरु चिन्ने राजनीतिक शक्ति बनाउन जति योगदान गर्न सकिन्छ, सबैले त्यसमा जोड दिन आग्रह गरे ।

संगठन विभाग प्रमुख राम इजमले स्वागत मन्तव्य राख्दै यूकेमा सबै क्षेत्रहरुमा मोर्चाको संगठन विस्तार गर्ने योजना भएको जानकारी दिए । अर्का वक्ता, आन्दोलन विभागका सन्तबिर नेम्बाङले ८४ को चुनावमा पहिचानवादीहरुको उपस्थितिले आधार निर्माण हुने भएकोले सबै देशभित्र र बाहिरका पहिचानवादीहरु अहिले देखिनै लाग्नुपर्ने सुझाव दिए ।

सहसंयोजक कृष्ण लिङ्देन, अर्थ विभागका जितेन्द्र चेम्जोङ, आन्दोलन विभाग सदस्य दिल तुम्बाहाङफे, के. सदस्य चक्र लिम्बु, शिखर सम्बाहाङफे, सुक तुम्रोक लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सचिव विभाग प्रमुख लाहाङ चेम्जोङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!