लन्डन १ जून २०२५ । मानवसेवा आश्रम बेलायत च्याप्टरका सल्लाहकार शिवजी श्रेष्ठले मानवसेवा आश्रम केन्द्रलाई ४ लाख रुपैयाँ प्रदान गरेको छ ।
श्रेष्ठले बेलायतमा भएको एबिपी साउथ ह्याम्प्टन म्याराथनमा सहभागी भएर संकलन भएको उक्त रकम हालै मानवसेवा आश्रमलाई उपलब्ध गराएको संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् । श्रेष्ठ नेपाल भ्रमणका क्रममा मातापिता, दिदी र भाउजूसहित मानवसेवा आश्रम पुगेका थिए । उनीहरुले आश्रितहरुलाई खानासमेत खुवाएका थिए ।
संस्थापक अध्यक्ष अधिकारीले श्रेष्ठले आफ्नो परिवारको रुपमा आत्मसाथ गर्दै सेवामा समर्पित अभियन्ताहरुलाई थप प्रेरणा र सकारात्मक उर्जा प्रदान गरेको बताए । उनले आश्रमका अभिभावक एवं मानवसेवा आश्रम बेलायत च्याप्टरका सल्लाहकार श्रेष्ठ र उनका परिवारलाई धन्यवादसमेत व्यक्त गरे । साथै शिवजी श्रेष्ठमा आभार, बुबाआमा एवं परिवारको सुस्वास्थ एवं दीर्घजीवनको लागि समेतले कामना गरे ।







