लन्डन ८ जुन २०२५ । मनोक्रान्ति टिम युकेद्वारा आयोजित ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ प्रशिक्षण ध्यान शिविर समापन भएको छ। २ हप्ताका लागि बेलायत आएका गुरु डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्धलाई मनोक्रान्ति टिम युकेले बेलायतको अल्डरसटस्थित एम्पायर हलमा बिदाइ गरेका छन्।
बेलायत बसाइमा गुरु डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्धले मे २६ देखि ३० तारिखसम्म कुन्डलिनी योग र चक्र ध्यान, रेकी साधना कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म र बेलायतका बिभिन्न स्थानहरुमा योग शिविर सञ्चालन गरेका छन् ।
मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा गुरु डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्ध शुक्रबार २३ मे २०२५ को साँझ लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका थिए । उनीहरुलाई मनोक्रान्ति टीम यूकेका अध्यक्ष तथा पत्रकार नगेन्द्रराज नेम्बाङ र सदस्यहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
अध्यक्ष नगेन्द्र नेमवाङले अध्यक्षता गरेको समापन तथा विदाई कार्यक्रमको प्रमुख अतिथि डा.योगी विकाशानन्द थिए भने कार्यक्रम मनोक्रान्ति टिम युके अल्डरसट शाखाका अध्यक्ष अनिता गुरुङले संचालन गरेका थिए। कार्यक्रममा ड्रराइभिङ इन्स्ट्रक्टर युकेका अध्यक्ष तथा साधक क्याप्टेन तम बहादुर धेगा मगरलगायत योग गुरु तथा गुरुमालगायत साधक र साधिकाहरुको उपस्थिति रहेको थियो।
समापन तथा विदाई कायक्रममा गुरु डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्ध, योग गुरु गोप सिङजाली मगर र साधिका मनिकला राइले आ- आफ्नो अनुभब व्यक्त गरेका छन भने अध्यक्ष नेमबाङले ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ प्रशिक्षण ध्यान शिविर कार्यक्रमा सहभागीलगायत प्रतक्ष्य तथा अप्रतक्ष्यरुपमा सहयोग गर्ने सम्पुर्णलाई हार्दिक धन्यवाद दिएका छन्।







