‘गोर्खाहरुको नागरिकता निरन्तरता रहने विश्वास’

SHARE:

लन्डन । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले समान हक र अधिकारको निम्ति हरेक क्षेत्रमा आवाज उठाउन आव्हान गरेका छन् ।

फानबोरोस्थित स्यामलकोडी कलेज हलमा गत ६ अक्टोबरमा आयोजित नेपाली सङ्घीय समाज युकेको तेस्रो राष्ट्रिय अधिवेशन उद्घाटनपछि सो धारणा राखेका हुन् । नेता राईले संविधान संशोधन गर्ने लिखित सहमति भएकोले चाँडै संशोधन हुने र गोर्खाहरुको निम्ति नागरिकता निरन्तरता रहने विश्वास व्यक्त गरे ।

आफ्नो पार्टीले देशबाहिर रहेका नेपालीहरुको निम्ति नागरिकता निरन्तरताको निम्ति नागरिकता विधेयकमा संशोधन प्रस्ताव हालिसकेको जानकारी पनि दिए । उनले युकेमा रहेका नेपालीहरुले हरेक क्षेत्रमा योगदान गर्दै आएको र त्यसलाई अझ सशक्त बनाउन आग्रह गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!