लन्डन १२ जून २०२५ । नेपालका लागि बेलायती राजदूत रोब फेन र राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा बिहीबार १२ जुनमा सभापति खतिवडा र राजदूत फेनबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र बेलायत बीचको सम्बन्ध, समितिमा छलफल भई पास भएको निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकोमा समितिलाई बेलायती राजदूत फेनले बधाई दिएका थिए ।
समितिमा आएको सुरक्षा निकाय सम्बन्धी विधेयकको बारेमा चासो समेत राजदूत फेनले राखेको सभापति खतिवडाको सचिवालयले जनाएको छ ।
नेपाल प्रहरी र बेलयातको प्रहरी बीचको सम्बन्ध बढाउने सम्बन्धी विषयमा चासो राखेका थिए । नेपाल र बेलायतबीच आपसी सहयोग र सम्बन्धको विषयमा छलफल भएको पनि खतिवडाको सचिवालयले जनाएको छ ।






