गोर्खा कपको पहिलो लेजेन्ड खेलाडी धनकुटे

SHARE:

 

प्रस्तुति: चिम्खोले काईला – बेलायत।

बृटिश आर्मीबाट अवकाशप्राप्त वारनट अफिसर क्लास टु (डब्लूओटु) लोक प्रसाद चेम्जोङ लिम्बु (धनकुटे) तमु धिं युकेद्वारा आयोजित गोर्खा कप २०२५ का “सुप्रसिद्ध खेलाडी” अर्थात् The Legend of the Gurkha Cup 2025 घोषित भएका छन्। धनकुटे गोर्खा कपको पहिलो लेजेन्ड खेलाडी बनेर इतिहाँस रच्न सफल भएका छन्।

धनकुटेको जन्म पिता स्वर्गीय डब्लूओटु हर्क बहादुर चेङजोङ १० गोर्खा राइफल्स र स्वर्गीय माता नामरानी चेङजोङको कोखबाट पूर्वी नेपाल धनकुटाको राजारानीमा सन् १९६९ मा भएको थियो। उनको वाल्यकाल धनकुटाको राजारानीमा बितेको थियो भने उनको शिक्षा दीक्षा मौना बुधुक माध्यामिक विद्यालय मौना बुधुकमा भएको थियो ।

धनकुटेले वाल्यकालदेखि नै फुटवल खेलमा रुचि राख्दथे। उनले १५ वर्षदेखि १७ वर्षसम्म धनकुटा डिस्ट्रिक कलबमा, १७ वर्षदेखि १९ वर्षसम्म कोशी अञ्चल पुलिस कलबमा फुटवल खेलेका थिए भने १८ वर्ष देखि १९ वर्षसम्म पुर्वाञ्चल फुटवल कलबबाट राष्ट्रिय लेबलमा प्रतिनिधित्व गरेका थिए।

फुटवल खेलमा औधी रुचि राख्ने धनकुटे आफ्ना पिताको पाईला पछ्याउदै सन् १०९० मा बृटिश आर्मीमा आबद्ध भएका थिए। उनले हंगकंगको सेकोङस्थित मलाया लाइन्समा बृटिश आर्मीको आधारभूत तालिम लिएपछि उनि १० गोर्खा राइफल्समा आवद्ध भएका थिए।

१० गोर्खा राइफल्स हंगकंगमा कार्यरत रहदा धनकुटेले आफ्नो पल्टनको प्रतिनिधित्व गर्दै सन् १९९१ देखि १९९४ सम्म नेपाल कप खेल्ने अवसर प्राप्त गरेका थिए। सो अवसरमा १० गोर्खा राइफल्स सन् १९९४ मा नेपाल कपको बिजयी बन्न सफल भएको थियो भने सन् १९९१ र १९९२ मा उपविजेता बन्न सफल भएको थियो।

सन् १९९४ मा १० गोर्खा राफल्स बेलायत आएपछि थर्ड रोयल गोर्खा राइफल्समा परिणत भएको थियो। धनकुटेले थर्ड रोयल गोर्खा राइफल्समा परिणत भएपछि बृटिश आर्मीको ४ डिभिजन अन्तर्गत आयोजित मेजर तथा माइनर युनिट फुटवल प्रतियोगिताहरुमा सहभागी हुने अवसर मिलेको थियो। सो प्रतियोगिताहरुमा सन् २००५ मा थर्ड रोयल गोर्खा राइफल्स लिक विनर तथा कप रनर अप हुन सफल भएको थियो।

धनकुटे जेबी लाइन (सिभिलियन कलब) वारमिनिष्टर विल्टसयरमा पनि आवद्ध थिए। उनको टिम जेबी लाइन सन् २००५ मा विल्टसायर डिस्ट्रिक सन्डे लिक विनर र कप रनर अप हात पार्न सफल भएको थियो भने

थर्ड रोयल गोर्खा राइफल्स सेकेन्ड रोयल गोर्खा राइफल्समा परिणत भएपछि धनकुटे पुन: सेकेन्ड रोयल गोर्खा राइफल्सवाट २ वर्ष र गोर्खा कम्पनि सिटाङवाट दुइ वर्ष नेपाल कपमा सहभागिता जनाएका थिए। धनकुटे सन् २०१४ मा बृटिश आर्मिवाट अवकाश प्राप्त भएका थिए। उनले वकाश प्राप्तपछि पनि फुटवल खेललाई निरन्तरता दिदै आएका छन्। उनि किरात याकथुङ चुमलुङ फुटवल कलब (एफसी) युके, धरान समाज एफसी, केन्ट एफसी, इलाम एफसी र अन्तराष्ट्रिय वरीयर भेट्रान वर्ल्ड कपमा आवद्ध रहेका छन्।

धनकुटे सगरमाथा गोर्खा नेपाली कम्युनिटीले आयोजना गरेको सगरमाथा कप २०२२ बाट वेष्ट पर्सनालिटी फुटवलर अवार्ड २०२२ प्राप्त गरेका छन् भने तमु धिं युकेद्वारा आयोजित गोर्खा कप २०२५ बाट लेजेन्ड अप गोर्खा कप २०२५ बाट सम्मानित भएका छन्।

बेलायतको बिभिन्न संघ संस्थाहरुले आयोजना गरिने फुटवल खेलहरुमा धनकुटे र उनका टिम सहभिगिता जनाउने गर्दछन्। उनि तथा उनका टिमले गोर्खा कप ८ पटक विनर, काठमाडौँ कप ४ पटक विनर, यलम्वरहाङ कप ८ पटक विनर, बुढा सुब्बा कप ६ पटक विनर, भिक्टोरिया क्रस (भिसी) कप ५ पटक विनर, रेडिङ कप ५ पटक विनर, सगरमाथा कप ५ पटक विनर, पाँचथर कप ४ पटक विनर, बेजिङस्टोक कप ३ पटक विनर, यति कप २ पटक विनर हुन सफल भएका छन्।

धनकुटे अन्तराष्ट्रिय वरीयर भेट्रान वर्ल्ड कप २०२६ मा उनका टिमसहित सहभागिता जनाउदै छन्। उनि यस वार्ड कपको टिम कोच हुन भने टिम क्याप्टेन पनि हुन।

धनकुटे उनका श्रीमती भागीमाया गुरुङ चेम्जोङ छोराहरु आलन चेम्जोङ लिम्बु, एन्जल चेम्जोङ लिम्बु र छोरी आन चेम्जोङ लिम्बुसंग केन्टको मेडस्टोन भन्ने शहरमा बसोवास गरिरहेका छन्। उनले संसारका बिभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छ। जस्तै: नेपाल, भारत, बेलायत, हंगकंग, ब्रुनाई, इराक सिंगापुर, थाइल्याण्ड, मलेसिया, कतार, दुवाई, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बोजनिया, सेरालियोन, अफगानिस्तान, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत यूरोपका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन।

धनकुटे फुर्सदको समयमा बिभिन्न सामाजिक संस्थाले आयोजना गरेको फुटवल प्रतियोगिताहरुमा व्यस्त हुन्छन भने बचेका समय श्रीमती भागीमाया गुरुङ चेम्जोङ छोराहरु आलन चेम्जोङ लिम्बु, एन्जल चेम्जोङ लिम्बु र छोरी आन चेम्जोङ लिम्बुसंग देश विदेशको भ्रमण गर्न रुचाउछन।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!