नेपाल सरकार, भूतपूर्व गोर्खा सैनिक र बेलायत सरकारको बीचमा वार्ता सम्पन्न

SHARE:

 

लण्डन । भूतपूर्व गोर्खा सैनिकहरूको समस्याका बारेमा नेपाल सरकार, भूतपूर्व गोर्खा सैनिक र बेलायत सरकारको बीचमा वार्ता सम्पन्न भएको छ । वार्ता बेलायतको लण्डनस्थित नेपाली दुताबासमा सम्पन्न भएको छ ।

नेपाल सरकारको पक्षबाट दुतावासका उपनियोग प्रमुख विपिन दुवाडीले नेतृत्व गरेका थिए भने सैनिक सहजचरी महासेनानी अनुप शाह पनि वार्तामा उपस्थित थिए । बेलायत सरकारका तर्फबाट जी स्मिथ, सि सिलह, कर्णेल डी रबिन्सन, ए हाइपर र जी हस्टेड सहभागी थिए ।

भूतपूर्व गोर्खा सैनिकहरूका तर्फबाट तथा G10 को तर्फबाट मेजर जुदबहादुर गुरुङ, BGWS का अध्यक्ष मेजर टिकेन्द्रदल देवान JP, GPIG का संयोजक मेजर उदयबहादुर गुरुङ MBE, अनसनकर्ताहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राई, उपसभापति धर्म तामाङ, बिजीनेसाका सभापति केशबहादुर गुरुङ सहभागी थिए ।

यस पटकको वार्तामा भने पेन्सनका बारेमा मात्र केन्द्रित रहेर छलफल भएको छ । अर्को बैठकमा पेन्सन सम्बन्धि अझै गहन छलफल गर्ने र बैठक छिट्टै बस्ने सहमति भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!