बेलायतवासी मिलन तमु ‘प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड’ बाट सम्मानित

SHARE:

लन्डन १४ जून २०२५ । एभरेस्ट टाइम्सका पूर्वसेयर होल्डर तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु (मिलनध्वज गुरुङ) ‘प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड’ बाट सम्मानित भएका छन् ।

१३ जुन २०२५ मा फानबोरोस्थित भिलेज होटलमा आयोजित कार्यक्रममा संस्थापक एवं रस्मोर बोरो काउन्सिलका निवर्तमान मेयर मारा माकुनुराले कला र संस्कृतिमा पुर्‍याएको योगदानका लागि तमुलाई अवार्ड प्रदान गरे । सम्मानपछि पत्रकार तमुले प्रतिक्रिया दिँदै भने, ‘सरप्राइज्ड र प्राउड फिल भयो ।’

सैनिक सेवाबाट फोटोग्राफी सुरु गरेका तमु हाल गोर्खा मिडिया डटकम न्यूज पोर्टल सञ्चालन गर्दै आएका छन् ।

समारोहमा तमुसहित अल्डरसट ग्यारिसन,अल्डरसट टाउन एफसी, फान्बोरो सिक्स फर्म कलेज, फार्नबोरो एयरपोर्ट, फार्नबोरो कलेज अफ टेक्नोलोजी, फार्नबोरो एफसी, ग्रिट वेस्टर्न रेलवे, ह्याम्पसायर एन्ड फायर सर्भिस,ह्याम्पसायर काउन्टी काउन्सिल, रश्मूर सिटिजन्स एड्भाइस ब्युरो, रश्मूर्स नेबरहुड पोलिस, रोयल मेल, रश्मूर भोलुन्टरी सर्भिस, साउथ इस्ट कोस्ट एम्बुलेन्स सर्भिस र स्टेजकोचलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!