प्रवासी नेपाली मञ्च यूकेको अध्यक्षमा पशुपति पोखरेल सर्वसम्मत

SHARE:

लन्डन १६ जून २०२५ । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको अध्यक्षमा पशुपति पोखरेल सर्वसम्मत चयन भएका छन् ।

बेलायतको लेस्टरमा आइतबार १५ जूनमा भएको मञ्चको नवौं अधिवेशनले पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर्वाचित गरेको हो । पोखरेल यसअघि मञ्चमा उपाध्यक्ष थिए ।

मञ्चको उपाध्यक्षहरुमा प्रतिमा जिसी, डा मुकुन्द बास्तोला, लिलामान शेरपुञ्जा पुन र सुदेशा बजगाईं छन् । सचिवमा गंगा क्षेत्री, उपसचिवमा हरि आचार्य, श्याम लुईंटेल र दुर्गा बानियाँ चुनिएका छन्।

त्यस्तै, सदस्यहरुमा शम्भूप्रसाद अर्याल, अर्जुन चापागाईं, तारानाथ भण्डारी, अर्कराज तिम्सिना, वीरकाजी गुरुङ, अञ्जु पाठक र प्रेम गुरुङ छन् । रिक्त एक उपसचिव पछि मनोनित गरिने भएको छ ।

नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई मञ्चको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले शपथग्रहण गराएका थिए । प्रमुख अतिथि एमाले केन्द्रीय कमिटी महासचिव शंकर पोखरेललगायतका नेताले बधाई तथा शुभकामना दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!