परशुराम गुरुङ – बेलायत।
लन्डन १७ जून २०२५ । ईलमपोखरी समाज यूकेले सदाझैं वार्षिक समर भेटघाट कार्यक्रम यस वर्ष पनि शनिबार १४ जूनमा अल्डरउड लेजर सेन्टर अल्डरसटमा विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरेको छ ।
लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यमा दिनको करिब २ बजे प्रारम्भ गरिएको बाह्य खेलकुदहरुमा सल्लाहकार रुद्र गुरुङको संयोजकत्वमा बयस्क, युवा र १२ वर्षमुनिका सुपर युवाहरु गरी ३ समूहको सहभागिता रहेको थियो । त्यसैगरी सहसचिव कुमार गुरुङको संयोजकत्वमा महिलाहरुको फनगेमको आयोजना गरिएको थियो । कार्यसमितिको सदस्यद्वय हरि गुरुङ र राम गुरुङको संयोजकत्वमा रहेको ठेलो प्रतिस्पर्धा भने केही कारणवसले रद्द गरिएको आयोजकले जनाएको छ ।
करिब ६ बजे बाह्य खेलकुद सकिएपश्चात् कार्यक्रमको दोस्रो चरणमा औपचारिक कार्यक्रम सुरु गरिएको थियो । समाजका सचिव प्रकाश गुरुङले संचालन गरेको कार्यक्रममा सहसचिव कुमार गुरुङले सुरक्षासम्बन्धी जानकारी दिएका थिए ।
समाजका अध्यक्ष परशु गुरुङ, प्रमुख अतिथि पूर्णराज गुरुङ, विशेष अतिथिद्वय लमजुङ समाज यूकेका आमा समूहकी अध्यक्ष तारा गुरुङ, क्या. (रिटायर्ड) रणबहादुर गुरुङ र संस्थापक अध्यक्ष मोहनसिंग गुरुङको बाहुलीबाट दिप प्रज्वलन गरी औपचारिक कार्यक्रमको समुद्घाटन गरिएको थियो । नेपाल तथा बेलायतको राष्ट्रिय धुन बजेपछि समाजका उपाध्यक्ष बुद्धिराम गुरुङले स्वागत मन्तव्य राखेका थिए । त्यसपश्चात् विभिन्न खेलकुदका लागि प्रायोजन गर्ने प्रायोजकहरुबाट खेलकुदका बिजेताहरुलाई पुरस्कार वितरण गरियो ।
समाजमा भर्खर जोडिएका सदस्यहरुलाई अध्यक्ष परशु गुरुङले खादा लगाई स्वागत गरिएको थियो भने अन्य विभिन्न संघसंस्थाहरुमा अध्यक्ष जस्ता गरिमामय पदमा रही सफलतापूर्बक आफ्नो कार्यकाल समाप्त गरेका व्यक्तित्वहरु लमजुङ समाज यूकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, रेडिङ तमु समाज यूकेका निवर्तमान अध्यक्ष रुद्र गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका निवर्तमान अध्यक्ष पदम गुरुङ र लमजुङ समाज यूके आमा समूहकी निवर्तमान अध्यक्ष माला घलेलाई अध्यक्ष परशु गुरुङ र नन्दा गुरुङले खादा लगाई बधाई दिएका थिए ।
त्यस्तैगरी समाजका अन्य सदस्यहरु जो लमजुङ समाज यूकेको सातौं कार्यसमितिमा चयन भएका व्यक्तित्वहरुलाई पनि अध्यक्ष दम्पतीले खादा लगाई बधाई दिएका थिए । समाजका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पूर्णराज गुरुङ, उनकी धर्मपत्नी लमजुङ समाज यूकेकी प्रथम महिला जमुना गुरुङ तथा आमा समूहकी अध्यक्ष तारा गुरुङ र भर्खर क्याप्टेन दर्जामा पदोन्नति भएका गणेश गुरुङ (QOGLR) र उनकी धर्मपत्नी परशु गुरुङ र उनकी धर्मपत्नी नन्दा गुरुङबाट पगरी (क्रेगी), खादा लगाई, पुष्पगुच्छाको साथमा बधाई तथा विशेष सम्मान गरिएको थियो ।
नेपालबाट आएका अतिथि कलाकारद्वय अनुपा मगर, आश्रम गुरुङलाई प्रशंसापत्र दिई सम्मान गरिएको थियो भने गोर्खा किचनका प्रोप्राइटर भिम गुरुङले समाजलाई गर्दै आएको सहयोगको कदर गर्दै खादा लगाई प्रशंसापत्रको साथमा सम्मान गरिएको थियो । त्यस्तैगरी गोर्खा मिडियाका प्रबन्धक मिलन तमु गुरुङलाई पनि खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रममा संस्थापक अध्यक्ष मोहनसिंग गुरुङ, विशेष अतिथि तारा गुरुङ, प्रमुख अतिथि पूर्णराज गुरुङले आआफ्ना मन्तव्य राखेका थिए । समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष परशु गुरुङले कार्यक्रमका लागि विभिन्न क्षेत्रमा प्रत्यक्ष-अप्रत्यक्ष भौतिक नैतिक र आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिएका थिए । सम्भवतः आजसम्मको कार्यक्रमहरुमध्ये यसपटकको उपस्थिति सबैभन्दा बढी रहेकोमा खुशीका साथ सबैजनालाई विशेष धन्यवाद दिँदै उनले औपचारिक कार्यक्रमलाई समापन गरेका थिए ।
सांस्कृतिक सचिव गजबहादुर गुरुङको संयोजकत्वमा बाह्रमासे घा्ँटु, स्थानीय नानीहरुको नृत्य रहेको थियो भने वयोबृद्ध नौराज गुरुङको खुकुरी नाचले सबैजनालाई मोहित बनाएको थियो । अतिथि कलाकारद्वय आश्रम गुरुङ र अनुपा मगरको सांगीतिक प्रस्तुतिले सबैजनालाई नचाएका थिए । मध्याह्न १२०० बजेबाट सुरु भएको कार्यक्रम राति २३०० बजे समापन भएको थियो ।







