
लन्डन १८ जून २०२५ । नेकपा एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले तमु धीं यूकेको भवन भ्रमण तथा अवलोकन गरेका छन् ।
उनी मंलगबार १७ जून २०२५ मा मिचेटस्थित तमु धीं भवनमा पुगेका हुन् । उनलाई तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, आजीवन सदस्य गणेश गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतले स्वागत गरेका थिए ।
महासचिव पोखरेलले तमुधीं यूकेले गर्ने कार्यबारे जिज्ञासा राखेका थिए । जसमा अध्यक्ष जुमकाजी गुरुङले २५ मे २०२५ मा २३ औं गोर्खाकप सम्पन्न गरेको, आउँदो अगस्टमा नेपाली मेला गर्ने तयारीमा रहेको, नेपालमा विपद, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा लगातार सहयोग गर्दै आएको जस्ता संक्षिप्त जानकारी दिएका थिए ।
पोखरेलले बेलायतका विभिन्न स्थानको भ्रमण तथा नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गरिरहेका छन् । मंगलबारमात्रै महासचिव पोखरेलले स्याण्डर्स, क्याम्बर्ली, मिचेट तमुधीं, फार्नबोरो, अल्डरसट, फ्लीट, लन्डन दूतावासलगायतमा पुगेको एमाले बेलायतका नेता भक्त गुरुङले जानकारी दिए ।






