सशस्त्र प्रहरी बल नेपालको एआईजीमा गणेश ठाडा मगर पदोन्नति

SHARE:

काठमाडौँ १८ जुन २०२५ । गणेशबहादुर ठाडा मगर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका छन् ।

सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा बुधबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले एआईजी ठाडा मगरले दर्ज्यानी चिह्न प्रदान गरे । यही असार २ गतेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । सो अवसरमा आईजीपी अर्यालले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई पूर्ण व्यावसायिकता साथ निर्वाह गर्न निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृत र जवानहरूको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!