पाँच जुलाईमा हुने बागलुङे समाज यूकेको वार्षिक भेटघाटको तयारी जारी, को को छन् कलाकार ?

SHARE:

लन्डन २१ जून २०२५ । बागलुङे समाज यूकेको आगामी ५ जुलाईमा हुने वार्षिक भेटघाट कार्यक्रम २०२५ को तयारी भइरहेको समाजले जनाएको छ ।

फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स् क्लबमा हुने कार्यक्रम तयारीका लागि अध्यक्षसहित सम्पूर्ण कार्यसमिति जुटेका हुन् । कार्यक्रममा भरपुर मनोरन्जन दिन नेपालबाट राष्ट्रियस्तरका चर्चित तथा भर्सटायल गायक युवराज मगर र गायिका नितु पुन मगर साथै चर्चित लोकदोहोरी गायिका सिता परियार आउनेछन् ।

यस्तै विभिन्न संघ संस्थाहरूमार्फत यूके आइसकेका बाग्लुङे चर्चित कलाकारहरु अनुपा मगर, जुना श्रीस मगर, शर्मिला बिसी, देवी घर्ती मगर, कालिका रोका मगर, राजेश बर्देवा, बालचन्द्र बराल र स्रिष्टी मगरले पनि अतिथि कलाकारको प्रस्तुति रहने बाग्लुङे समाज यूकेका अध्यक्ष खड्क थापाले जानकारी दिए ।

थप मनोरन्जनका लागि बाग्लुङे समाज यूकेको आफ्नै नौमती बाजाको रौनक, समाजका छोरीचेलीहरुको नृत्य, बाग्लुङ क्षेत्रमा प्रचलित सोरठी नाच र आकर्षक पुरस्कार सहितको राफल ड्र पनि संचालन हुनेछन् । त्यस्तै बागलुङ जिल्लाको मौलिक झ्याउरे भाकामा आमन्त्रित कलाकारहरुसँग दोहोरी गाउन पाउने समेत अध्यक्ष थापाले बताए ।

वर्षमा एक पटक मात्रै आयोजना गरिने वार्षिक भेटघाट कार्यक्रममा सहभागी भई आफन्तजन, इष्टमित्र, साथी संगीहरुसँग भलाकुसारी साथै खानपिनको साथमा मनोरन्जन लिन यूकेवासी सम्पूर्ण बाग्लुङे तथा गैरबागलुङे आमा बाबाहरु, दाजुभाइहरु, दिदी बहिनीहरु, भान्जाभान्जीहरुलाई अध्यक्ष खड्क थापा र मिडिया सेक्रेटरी बिशन थापाले आमन्त्रणा गरेका छन् ।

वयस्कलाई प्रवेश शुल्क २५ पाउन्ड र बालबालिका (६ देखि १२ वर्ष)लाई १० पाउन्ड मात्र तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!