
सनिवार २१ जुन २०२५ – वेल्स युके। मगर संघ युके वेल्स शाखाको बार्षिक साधारण सभा तथा अधिवेशन समपन्न भएको छ । रुद्र राना मगरको अध्यक्षतामा सातौं कार्यसमिति सर्वसम्मतद्वारा चयन भएका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा पुष्पा थापा मगर, कृष्ण जुगजाली मगर, सचिबमा पवन राना मगर, सहसचिबमा सन्जिब थापा मगर, कोषाध्यक्षमा देब राना मगर, सहकोषाध्यक्षमा निलम दर्लामी मगर, सांस्कृतिक सचिबमा प्रध्या राना मगर, सांस्कृतिक सहसचिबमा बालिका पुर्जा मगर, साउण्ड सिस्टम आइसीमा नन्द बयाम्बु मगर, साउण्ड सिस्टम असिस्टेन्ट आइसीमा तेस पुर्जा मगर, फुड आसीमा राजेन्द्र थापा मगर, असिस्टेन्ट फुड आइसीमा सुदन राना मगर , ड्रिङ् आइसीमा लाल राना मगर, असिस्टेन्ट ड्रिङ् आइसीमा किशोर थापा मगर, असिस्टेन्ट ड्रिङ् आइसीमा अमित राना मगर, कर्मकाण्ड आइसीमा महेन्द्र थापा मगर, डेकोरेसन आइसीमा हर्क राना मगर, असिस्टेन्ट डेकोरेसन आइसीमा राजु थापा मगर, मिडिया आइसीमा लक्ष्मण राना मगर , असिस्टेन्ट आइसीमा सोनिया पुर्जा मगर निर्वाचित भएका छन्।
सोहिदिन पुष्पा थापा मगरको अध्यक्षतामा मगर महिला संघ युके वेल्स शाखाको नयाँ कार्यसमिति गठन भएका छ । कार्यसमितिको उपाध्यक्षमा प्रध्या राना मगर, सचिबमा कविता थापा मगर, कोषाध्यक्षमा निलम दर्लामी मगर, सदस्यहरुमा रेखा थापा मगर, रुपा रोका मगर, बालिका मगर, बिष्णु थापा मगर, खगिसरा मगर निर्वाचित भएका छन्।
निवर्तवान कार्यसमितिले आगामी सनिवार १९ जुलाई २०२५ का दिन तथा समर भेटघाटको दिन नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने योजना रहेको छ।
बार्षिक साधारण सभा तथा अधिवेशनको अध्यक्षता अध्यक्ष महादेव थापाले गरेको कार्यक्रममा मगर संघ यूकेका उपाध्यक्ष तथा मगर महिला संघका अध्यक्ष श्रीमती बिष्णु श्रीस मगर प्रमुख अतिथि थिए भने कार्यक्रम सचिब लालु बुढा मगरले संचालन गरेका थिए।







