खाम भाषी मगर समाज यूकेको अध्यक्षमा लिलाप्रसाद पुनमगर चयन

SHARE:

लन्डन २३ जून २०२५ । खाम भाषी मगर समाज यूकेको अध्यक्षमा लिलाप्रसाद पुनमगर चयन भएका छन् । नवगठित कार्यसमितिउपाध्यक्षको जिम्मेवारी राष्टि रोका मगरले सम्हाल्नेछिन् भने सचिवमा कञ्चन रोका मगर चयन भएकी छन्। कोषाध्यक्षको रूपमा ईश्वरी रोका मगरले जिम्मेवारी लिने भएकी छन्।

सह-सचिवमा अमृत पुन मगर र सह-कोषाध्यक्षमा शुसिला रोका मगर रहेका छन्।

कार्यसमितिमा सदस्यको रूपमा शीर बुढा मगर, अदिप रोका मगर, शिसिर बुढा मगर, बीजय पुन मगर, एक घर्ति मगर, जीत पुन मगर र सामना मगर रहेका छन् ।

बेलायतमा खामभाषी मगर समुदायको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको हो । समाजले बेलायतमा बसोबास गर्ने खाम भाषी मगर समुदायबीच एकता, सामाजिक समरसता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न तथा नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति जागरुक गराउन निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। नयाँ कार्यसमितिले यही अभियानलाई थप मजबुत बनाउँदै भाषा, संस्कृति र समुदायको समुन्नत भविष्यतर्फ उन्मुख हुने प्रतिबद्धता व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!