लन्डन २३ जून २०२५ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) सदस्यसमेत रहेका एनआरएनए यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले एनआरएनए नै खारेज गर्नुपर्नु प्रस्ताव अघि सारेका छन् ।
अगुवाहरु आपसमा झगडा गरेर आफ्नो स्वार्थपूर्तिमा लागेको, कालोधनलाई सेतो बनाउने खेलमा लागेको भन्दै उनले केही गर्न नसक्ने एनआरएनए राख्नको औचित्व नरहेको बताएका हुन् । ‘एनआरएनएको सदस्यता कुनै हालतमा बनिँदैन तबसम्म संस्था सच्चिदैन होइन भने यस्तो विचित्रको संस्था खारेज गरेर हाइसुखै बसौ । हुनेवाला केही देखिएन,’ उनले आइतबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘हुने र गर्ने वालाहरुले हाईडोपावर, सानिमा बैंकदेखि अन्य बैंकहरु, तारे होटेलहरुलगायत कालो धनलाई सेतो धन बनाइसके । नेताहरुको झोलेहरुको उपझोलेहरु बनेर बोली वचन बन्द गर्ने काम नगरौं । जय होइन, बाई एनआरएन !
वैधानिक र अवैधानिक एनआरएनको नाममा कराइरहनेहरुले नागरिकता निरन्तरता, गोर्खाको मुद्दाका बारेमा केही बोल्न नसकेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘विदेशमा बस्ने नेपालीहरुको नेपाली नागरिकता निरन्तरताको बारेमा संसदमा बहस हुँदै गर्दा दिनको दुई/तीन वटा सर्वोच्च अदालतको वकालत गर्दै म वैधानिक र त अवैधानिक भन्दै फेसबुक र आफ्नो पकटको अनलाOनमा स्टाटस छाप्न रमाउने वल्लो घर र पल्लो घरका एनआरएनए अभियन्ताहरु चुँइक्क बोले त के ? गोर्खाको नाम बेचेर कालो धनलाई सेतो बनाएकाहरु, गोर्खाहरुको नाम बेचेर व्यवसाय फस्टाएका फटाहाहरु गोर्खाहरुको मुद्धामा मुख खोले त के ?,’चुनावको प्रचारप्रसारमा मुख्य एजेण्डा त्यही। सरम पचाएका हरामहरु । भ्रष्ट नेताहरुको झोला बोकेर, एयरपोर्टमा पुष्पगुच्छा र खादासहित स्वागत र बिदाइसम्मको नमिलेका दाँतहरु देखाउँदै छरपस्स्टै तस्बिरहरु खन्याउँदै, गुट-उपगुट गर्दै मिलेको समाजलाई भत्काउने, खाने दाँत होइन देखाउने दाँतहरु देखाउँदै, म वैधानिक र त अवैधानिक अनि एम आई एस (MIS) को नौंटकी अब बन्द गरौं ।’
एनआरएनए अभियन्ता फगामी मगर संघ यूकेका पूर्व वरिष्ठ उपाध्यक्ष तथा महासचिव, मोना यूकेका पूर्वअध्यक्ष बेजिङस्टोक नेपाली कम्युनिटीका संस्थापक सदस्य, बेगखोला वेलफेयर सोसाइटी यूकेका पूर्वअध्यक्ष, गुर्खाज् इन्टेक १९८५ का पूर्वअध्यक्ष पनि हुन् ।






