निर्मला हत्याकाण्डका दोषीलाई कारबाही गर्न एनआरएनए युकेको माग, दूतावासमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइयो [भिडियोसहित]

SHARE:

मिलन तमु

लन्डन । गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए युके) ले १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।

एनआरएनए युकेकी उपाध्यक्ष पुन गुरुङको नेतृत्वमा शुक्रबार नेपाली दूतावास लन्डनका राजदूत दुर्गाबहादुर सुवेदीमार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञपानपत्र पठाउँदै पन्त हत्याका दोषीलाई कारबाहीको माग गरिएको हो । घटना भएको ८५ दिन बित्दासमेत सरकारले गठन गरेको छानबिन समिति अपराधिसम्म नपुगेकोमा आपत्ति जनाउँदै एनआरएनए युकेले छानबिन फितलो भएको र छानबिनमै अपराधीको संलग्न रहेको आशंका गरेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणप्रति एनआरएनए युकेको तर्फबाट घोर भर्त्सना जनाउँदै उपाध्यक्ष गुरुङले कञ्चनपुरलगायत देशका विभिन ठाउँमा भइरहेका घटनाले नेपालका महिला, बालबालिकाले असुरक्षित महसुस गरिरहेको उल्लेख गरिन् । उपाध्यक्ष गुरुङले शान्तिसँग बाँच्न पाउने मानवअधिकार भएकोले त्यसको ग्यारेन्टी गर्न पनि सरकारसँग माग गरिन् ।

उक्त ज्ञापन पत्रमा कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याबारे यथाशक्य छानविन गरी अपराधीलाई कानून बमोजिम हदै सम्मको कारबाहीको माँग गरिएको छ । सो ज्ञापन पत्रमा अनुसन्धानमा प्रहरी प्रशासन कमजोर र पितलो देखिएको, पीडित झन् पीडित बन्दै आएको, अपराधी बलवान देखिएको जनाउदै कञ्चनपुरलगायत देशका विभिन्न स्थानमा घटेका त्यस्ता घटनाले नेपालका महिला तथा बालबालिकाहरुले असुरक्षित महसुस गरिरहेको उल्लेख गरिएको छ ।

सो ज्ञापन पत्र बुझाउनका लागि एनआरएनए उपाध्यक्ष पुनम गुरुङलगायत तामाङ्ग समाज युकेकी अध्यक्ष अञ्जु लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेकी अध्यक्ष प्रमिला राई, एशियन महिला एसोसीयसन युकेकी अध्यक्ष अमिता बेलबासे, किरात राई यायोख्या युकेकी सल्लाहकार क्षेत्रकला राई, शान्त राई र गंगा रेग्मीलगायत महिला नेतृहरुको बिशेष उपस्थिति रहेको थियो । सो अवसरमामा नेपाली राजदुत डा.सुबेदीले ज्ञापनपत्र बुझ्दै न्यायका लागी प्रेषित ज्ञापनपत्र छिटो भन्दा छिटो सम्बन्धित निकायमा पु¥याउने वचन दिए ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

भिडियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!