अनुग्रह ग्रुप यूकेका अध्यक्ष सुमन राईद्वारा ‘मेरा पिक’ हिमालको सफल आरोहण

SHARE:

लन्डन १ जुलाई २०२५ । अनुग्रह ग्रुप यूकेका अध्यक्ष तथा नेपाली चलचित्र गोर्खा वारियरका निर्माता सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । उनका अनुसार साहस, समाजसेवा र वातावरणीय चेतनाको सन्देशसहित गरिएको यो अभियानको अर्को चरण अब सगरमाथा आरोहण हुनेछ ।

राईले सामाजिक सञ्जालमार्फत मेरा पिकको आरोहण सम्पन्न भएको जानकारी सार्वजनिक गर्दै अभियानप्रति साथ र समर्थन जनाउने सबै संघ–संस्था र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, “फाइनली मेरा पिक ६४७६ मिटर सबमिट गरियो । अनुग्रह फाउन्डेसनमार्फत च्यारिटी उठाउने र ‘सेफ द प्लानेट’ भन्ने सन्देशसहित सगरमाथा चढ्ने योजना छ ।”

सामाजिक उत्तरदायित्वमा क्रियाशील अनुग्रह फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा लगानी गर्दै आएको छ । राईको भनाइमा, फाउन्डेसन नाफा नकमाउने साझा संस्था हो, जसले नेपालका पूर्वदेखि पश्चिमसम्म आवश्यकताका आधारमा सहयोग गरिरहेको छ ।

‘शून्यदेखि सगरमाथासम्म’ भन्ने नाराका साथ अघि बढाइएको यो अभियान वातावरणीय संरक्षण र जलवायु परिवर्तनप्रतिको चेतना अभिवृद्धिमा केन्द्रित रहेको छ । राईले ‘Fundrise Social Campaign’ मार्फत भविष्यका पुस्ताका लागि सुरक्षित पृथ्वीको सन्देश फैलाउने लक्ष्य राखेका छन् ।

पूर्वगोर्खा सैनिक समेत रहेका निर्देशक मिलन चाम्सद्वारा निर्देशित गोर्खा वारियर चलचित्रका निर्माता सुमन राईले बेलायतस्थित लिसेस्टर स्क्वायरको आइम्याक्स सिनेवल्र्डमा फिल्मको प्रिमियर गरी नेपाली चलचित्र क्षेत्रमै विशेष कीर्तिमान स्थापित गरेका थिए ।

अनुग्रह ग्रुपअन्तर्गत अनुग्रह ज्वेलर्स, न्यु अनुग्रह ज्वेलर्स, अनुग्रह बुलियन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह होम, अनुग्रह गोल्ड हाउस र अनुग्रह फाउन्डेसन जस्ता कम्पनीहरू सञ्चालित छन् ।

राईको यो अभियानमा एनसिसिए यूके, एनसिसी यूके, तमुधीं यूके, किरात राई यायोक्खा, खोटाङ सेवा समाज यूके, थुलुङ राई समाजलगायत विभिन्ननेपाली संघ–संस्थाहरूको सक्रिय साथ, समर्थन रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!