गुरुङ चलचित्रकर्मी प्रितम बेलायतमा

SHARE:

  1. लन्डन ४ जुलाई २०२५ । नायक तथा निर्देशक प्रितम गुरुङ आफ्नो ५० औं नेपाली फिल्म ‘मुख्या’ को प्रिमियर तथा प्रदर्शनका लागि बेलायत आएका छन् ।

तमुधीं यूकेको निमन्त्रणामा गुरुङ बिहीबार राति लन्डनस्थित हिथ्रो एयरपोर्टमा अवतरण गरेका हुन् ।
हिथ्रो एयरपोर्टमा उनलाई स्वागत गर्न विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा समाजसेवीहरू उपस्थित थिए । जसमा: जुमकाजी गुरुङ (अध्यक्ष, तमुधीं यूके),एकेन्द्र गुरुङ (सल्लाहकार),सन्तबहादुर गुरुङ (अध्यक्ष, तनहुँ समाज यूके), ओमेन्द्र गुरुङ (चलचित्र निर्माता), पवित्रा गुरुङ (गायिका), मिलन तमु (प्रबन्ध निर्देशक, गोर्खा मिडिया), दुर्गा गुरुङ, शेर गुरुङलगायत थिए।

चलचित्र ‘मुख्या’को प्रदर्शन तालिका:
११ जुलाई – अल्डरसट

१३ जुलाई – रिडिङ

१९ जुलाई – स्कटल्यान्ड

चलचित्र मुख्या पारिवारिक सामाजिक चलचित्र हो । निर्माण: प्रितम गुरुङ र कलाकारहरू: टिकाराम घले, बिस्नु गुरुङ, रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङ, संगीत: दीपक गुरुङ, स्वर: पवित्रा गुरुङ, दीपक गुरुङ, गीत: गणेश गुरुङको रहेको छ ।

प्रितमको फिल्मी बेलायत यात्रा, यो तेस्रो पटक हो । प्रितम पहिलो पटक २०२२ को अन्त्यमा नुमा फिल्म प्रदर्शनका लागि बेलायत आएका थिए ।

चलचित्र निर्माता ओमेन्द्र गुरुङको आयोजनामा तथा चारघरे आमा समूहको सहयोगमा पनि बेलायतमा प्रदर्शन हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!