भव्य बन्यो बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम

SHARE:

फार्नबोरो ७ जुलाई २०२५ । बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा शनिबार५ जुलाई २०२५ मा अध्यक्ष खड्क थापाको अध्यक्षतामा उक्त भेटघाट कार्यक्रम सम्पन् भएको हो । कार्यक्रमको उद्घाटन ८७ वर्षीय ज्येष्ठ सदस्य तुलबहादुर श्रीस मगर, अध्यक्ष खड्क थापा र पूर्वअध्यक्ष छविमाया पुनले संयुक्त रूपमा मैनबत्ती बालेर गरेका थिए ।

कार्यक्रम सुरुमा महासचिव जित पुनले सुरक्षासम्बन्धी जानकारी दिए । विशिष्ट अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल उपस्थित थिए । अन्य अतिथिहरूमा पुन मगर समाज यूकेको पूर्वअध्यक्ष तेज राम्जाली, मोना यूकेको उपाध्यक्ष विष्णु भण्डारी, गुल्मी समाज यूकेको अध्यक्ष रुद्र थापा मगरर लोक तथा दोहोरी गीत प्रतिष्ठान यूकेको अध्यक्ष लक्ष्मण रानामगर पनि सहभागी भए ।

कार्यक्रम संयोजक तथा उपाध्यक्ष गुमानसिंह थापाले स्वागत मन्तव्य दिएपछि सम्मान कार्यक्रम सुरु भयो । त्यसमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरू, ज्येष्ठ नागरिकहरू, नौमती बाजा समूह, र बाग्लुङ्गे भलिबल टिमलाई सम्मानपत्र र खादा दिइयो।

युवराज मगरले सम्पूर्ण कार्यसमिति, पूर्वअध्यक्षहरू, सल्लाहकारहरूलाई आफ्नै “युवराज फाउण्डेसन”मार्फत मायाको चिनो दिए । उनले सम्पूर्ण महिला टिमलाई “घलेकी” पनि प्रदान गरे। नितु पुनले मखमलको दोसल्ला र सिता परियारले राष्ट्रिय झन्डा अङ्कित टोकन दिएर सम्मान जनाए।

त्यसपछि छविमाया पुनको प्रस्तुति अन्तर्गत युवराज मगर र तारा श्रीस मगरको स्वरमा रहेको ‘यूकेको लाहुरे’ गीत १.७ मिलियन भ्यूज पुगेको उपलक्ष्यमा केक काटेर उत्सव मनाइयो। साथै, युवराज मगरको युट्युब च्यानल १ लाख सब्स्क्राइबर पुगेको खुशीमा युट्युबले दिएको सिल्वर प्ले बटन पनि पहिलो पटक देखाइएको थियो।

सांस्कृतिक सचिव लक्ष्मण रानाको संयोजनमा भएको सांगीतिक कार्यक्रम निकै आकर्षक बन्यो। १३ जना चर्चित कलाकार एउटै मञ्चमा प्रस्तुत भएका थिए। कार्यक्रम नितु पुनको एकल गीतबाट सुरु भयो। त्यसपछि सिता परियार र युवराज मगरले उत्कृष्ट प्रस्तुति दिए। दर्शकहरू नाच्दै, गाउँदै रमाए।

स्थानीय कलाकार सन्तोष पुन र भाबी मगरका साथै अतिथि कलाकार अनुपा मगर, जुना श्रीस मगर, शर्मिला बिसी, देवी घर्ती मगर, कालिका रोका मगर, राजेश बर्देवा, बालचन्द्र बराल, र स्रिष्टी मगरले पनि राम्रो प्रस्तुति दिए।

कार्यक्रमबीच नृत्य, समूह नृत्य, नचरी, नौमती बाजाको धुन र महिला पदाधिकारीद्वारा चलाइएको राफल ड्रले माहोल रमाइलो बनायो । राफल ड्रमा पहिलो पुरस्कार (आधा तोला सुन) द प्यालेस रेस्टुरेन्ट, दोस्रो पुरस्कार (£240) जय श्रीकृष्ण ज्वेलर्स र तेस्रो पुरस्कार (£150) नविन एण्ड नविन ज्वेलर्सले स्पोन्सर गरेका थिए ।

कार्यक्रमको अन्त्यतिर झ्यामरे गीत सुरु भयो । बालकदेखि वृद्धसम्म सबै नाचे । रातको लगभग १० बजे कार्यक्रम सफासफाइसहित औपचारिक रूपमा टुंगियो । कार्यक्रममा बाग्लुङ्गे मात्र होइन, गैर-बाग्लुङ्गे समुदायको पनि उल्लेखनीय उपस्थिति देखियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई अध्यक्ष खड्क थापाले धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!