पक्षघातपीडित महेन्द्रलाई ७ लाख सहयोग

SHARE:

हुम तमु
पोखरा । विगत १६ वर्षदेखि पक्षघातबाट पीडित कास्की लान्द्रुकका ३७ वर्षीय महेन्द्र गुरुङलाई शनिबार करिब ७ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

पाल्जै चेलिबेटी परिवार तथा लामा अमृत फाउन्डेशनद्वारा पोखरामा पत्रकार सम्मेलन गरी पीडित महेन्द्र गुरुङलाई पाल्जै भाइखलकका अध्यक्ष भोवर पाल्जै गुरुङ, पाल्जै चेलीबेटीकी विविमाया गुरुङ, लामा अमृत फाउन्डेशनका अध्यक्ष लामा अमृत गुरुङ र पाल्जै भाइखलकका सहसचिव राजबहादुर गुरुङले ६ लाख ९१ हजार ५४२ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

पाल्जै चेलीबेटी, भाइखलक परिवार एवं युके, जापान, हङकङ, कोरिया, साइप्रस, दुवई र लामा अमृत फाउन्डेशनको तर्फबाट संकलित सो रकम सहयोग हस्तान्तरण गरिएको हो । पाल्जै चेलीबेटीको तर्फबाट ४ लाख ६६ हजार ३८२ र लामा अमृत फाउन्डेशनको तर्फबाट २ लाख २५ हजार १७० रुपैयाँ संकलन गरी सहयोग गरेको पाल्जै भाइखलकका सहसचिव तथा पीडित महेन्द्र गुरुङका अभिभावक राजबहादुर गुरुङले जानकारी दिए । यसअघि विभिन्न सहयोगीहरुबाट प्राप्त सहयोग ३ लाख १८ हजार ९५० रुपैयाँसमेत गरी कुल १० लाख १० हजार ४९२ रुपैयाँ पीडित महेन्द्र गुरुङ र राजबहादुर गुरुङको संयुक्त रुपमा बैंक खातामा जम्मा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

२०५९ सालमा लान्द्रुकमा घाँस काट्दा रुखबाट लड्दा मेरुदण्ड भाँचिएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, काठमाडौं वीर अस्पताल, क्यापिटल अस्पताल, पोखराको मणिपाल अस्पतालमा उपचार गर्दा पनि ढाडभन्दा तल्लो भाग नचल्ने भई महेन्द्र गुरुङ पक्षघातबाट पीडित र सहाराविहीन रहेको अध्यक्ष भोवर पाल्जै गुरुङले बताए । पीडित महेन्द्रले आफ्नो उपचार र गाउँवासका लागि सहयोग गरेकोमा सबै सहयोगी संस्था र महानुभावहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा पाल्जै चेलीबेटीको तर्फबाट विविमाया गुरुङले महेन्द्र गुरुङको उपचार र सहयोगका लागि साथ सहयोगको आग्रह गरिन् भने लामा अमृत फाउन्डेशनका अध्यक्ष लामा अमृत गुरुङले कार्यक्रम सञ्चालन गर्दै पीडित महेन्द्रलाई सहयोगका लागि थप पहल गर्ने आश्वासन दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!