चित्रकारद्धय अजय देशार र सितु मास्केको बेलायतमा चित्रकला प्रदर्शनी

SHARE:

 

अजय देशार –  बेलायत । 

असार २४ २०८२ । नेपालका चित्रकारद्धय अजय देशार र सितु मास्के देशारको एकल चित्रकला प्रदर्शनी बेलायतको केन्ट प्रदेशको फोक्सटन शहरस्थित नेप्लिज कम्युनिटी सेन्टरको प्रदर्शनी कक्षमा सम्पन्न भएको छ ।

संस्कृतिभित्र हराउन सक्ने परम्परागत विषयमा चित्र कोर्ने चित्रकार अजय देशारको नवौं चित्रकला प्रदर्शनी “द लष्ट डिभाइन” नामक चित्रकला प्रदर्शनी बेलायतको फोक्सटन शहरमा आयोजना भएको छ । चित्रकार देशारका १२ वटा परम्परागत संस्कृतिसँग जोडिएका चित्रहरु उक्त प्रर्दशनीमा प्रर्दशित गरिएको छ ।

यसैगरी आध्यात्मिक र दैविक विषयमा क्षेत्रमा चित्र कोर्नुहुने चित्रकार सितु मास्के देशारको पहिलो एकल चित्रकला प्रदर्शनी “स्प्रिच्युअल पाथ” को प्रदर्शनी गरिएको छ । १० वटा चित्रहरु समावेश गरिएको उक्त प्रदर्शनीमा जीवनलाई अध्यात्म र आत्मिक विषयसँग जोडिएको छ ।

फोक्सटन नेप्लिज कम्युनिटी सेन्टरको प्रदर्शनी कक्षमा आयोजित उक्त कार्यक्रममा फोक्सटनका उपमेयर तथा फोक्सटन हायातका डिस्ट्रिक काउन्सलर ज्याकी मिडिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा फोक्सटन जिल्लाका अधिकारी लुसी मेकगर, बेलायती वरिष्ठ चित्रकार क्रिस बोन, फोक्टन नेपाली समाजका पूर्व अध्यक्ष झपिन्द्र थापा, कोषाध्यक्ष विक्रम राई, बिएफबिएस गोर्खा रेडियोका स्टेशन म्यानेजर विनोदध्वज खड्कासहित फोक्सटन तथा फोक्सटन हायात क्षेत्रका पूर्व प्रमुख र पूर्व अधिकारीहरुको उपस्थिति रहेको थियो ।

फोक्सटन नेप्लिज कम्युनिटीका अध्यक्ष क्याप्टेन राम बहादुर पुन मगरको सभापतित्वमा सम्पन्न प्रदर्शनीको उद्घाटन समारोहमा नेपाली मूलका ब्रिटिस आर्मी तथा पूर्व ब्रिटिस आर्मीहरुको विशेषग उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै फोक्सटन हायातकी डिस्ट्रिक काउन्सलर ज्याकी मिडिले नेपाली चित्रकलाको विशेष हुने भएकोले बेलायतका क्षेत्रमा नेपाली चित्रकलाको प्रदर्शनी हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली समाजको सकारात्मकताले आफुलाई प्रभावित पारेको भनाई व्यक्त गर्नुभयो ।

बेलायती वरिष्ठ चित्रकार क्रिस बोनले नेपाली चित्रहरुले नेपालको विशेषता झल्काएकोले आफु नेपालमै पुगको अनुभव प्राप्त गरेको अनुभव साट्नुभयो । उहाँले नेपाली चित्रकलाले विश्वमा फरक स्थान राख्नसक्ने भएकोले प्रचारमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

ब्रिटिस आर्मीका क्याप्टेन राम बहादुर पुनले बेलायतमा पसिना र श्रम बगाएपनि नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको बताउनुभयो । उहाँले चित्रकलाका लागि उमेरले नछेक्ने भएकोले बेलायतका नेपाली मूलका व्यक्तिहरुले चित्रकला चाख राख्ने र चित्र कोर्ने गरेको बताउनुभयो ।

चित्रकार अजय देशारले करिब १३ बर्षपछि बेलायतमा एकल प्रदर्शनी आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले नेपालमा योङ पिकासोले गाउँ गाउँमा कलाको विकास गर्दै नयाँ चित्रकारलाई विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको भनाई राख्नुभयो ।

चित्रकार सितु मास्केले लामो समयदेखी एकल चित्रकलाको प्रदर्शनी नेपालमा गर्ने तयारी गरेकोमा बेलायतमा पहिलो एकल प्रदर्शनी राख्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले चित्रकलामार्फत जीवन दर्शन मात्र नभई धेरै विषय व्यक्त गर्न सकिने भएकोले आफुले वैदिक र आत्मिक विषयलाई केन्द्रित गरेको जानकारी दिनुभयो ।

प्रर्दशनीमा गाउँ गाउँमा कला विकासको लागि २८६ पाउण्ड संकलन अर्थात् करिब ५० हजार नेपाली रुपैयाँ नेपाली समुदायले सहयोग गर्नुभएको र केहि रकम पुस्तक र चित्रकला बिक्रिबाट पनि संकलन भएको चित्रकार अजय देशारले जानकारी दिएका छन् ।

फोक्सटन नेप्लिज कम्युनिटीका अध्यक्ष क्याप्टेन राम बहादुर पुन मगरको सभापतित्वमा सम्पन्न प्रदर्शनी कार्यक्रम महासचिब डा. महा राईले संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!