गिल्डफोर्डमा हुने ‘रेस फर लाइफ’मा तमुधीं यूके आमा समूह सहभागी हुने

SHARE:

लन्डन १० जुलाई २०२५ । तमुधिं यूके आमा समूहले क्यान्सरविरुद्धको जनचेतना र उपचारका लागि रकम संकलन गर्ने उद्देश्यले जुलाई १९ मा गिल्डफोर्डको स्टोक पार्कमा आयोजना हुने ‘रेस फर लाइफ’ कार्यक्रममा सहभागी हुने भएको छ ।

कार्यक्रमको आयोजनासम्बन्धी जानकारी दिँदै समूहकी अध्यक्ष कमलादेवी गुरुङले बेलायतवासी नेपाली समुदायलाई दौडमा सहभागिताका लागि आह्वान गरेकी छन् । ५ किलोमिटरको दौडमा महिला मात्र सहभागी हुन पाउने यो कार्यक्रम क्यान्सर रिसर्च यूकेले प्रत्येक वर्ष बेलायतका विभिन्न सहरहरूमा आयोजना गर्दै आएको छ ।

सन् १९९४ मा लन्डनबाट सुरु भएको ‘रेस फर लाइफ’ मा प्रारम्भमा ७५० महिलाले भाग लिएका थिए । समयसँगै यसको लोकप्रियता बढ्दै गएको छ, जसले करोडौं पाउन्ड संकलन गर्दै संसारभरका करिब २०० प्रकारका क्यान्सर रोगबाट पीडित महिला, पुरुष र बालबालिकाको उपचार र अनुसन्धानमा सहयोग पुर्‍याउँदै आएको छ ।

तमुधिं यूके आमा समूहले यो प्रेरणादायी कार्यक्रममा प्रत्येक वर्ष सक्रिय सहभागिता जनाउँदै आएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!